News Category 2079/03/29
ऐतिहासिक पुस्तकालयको भविष्य अन्यौलमा
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
राजविराज ७ स्थित लेखनाथ आदर्श पुस्तकालयको अस्तित्व समाप्त भएपछि यसलाई पुर्नजीवन दिने अभियान सुरु भएको छ ।
बि.स. २०७२ सालदेखि पूर्णरुपमा बन्द रहेको उक्त पुस्तकालयलाई पुनःसंचालनमा ल्याउन स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक सुरेन्द्र प्रसाद गुप्ताले अभियान थालेका हुन् । संचारकर्मी तथा साहित्यकर्मी समेत रहेका गुप्ताले समाजिक सञ्जालमार्फत पहल थालेपछि विभिन्न क्षेत्रबाट सहयोगको प्रतिबद्धता आउन थालेको हो ।
बि.स. २०१६ सालमा स्थापित सप्तरी कै पुरानो मध्येका एक आदर्श पुस्तकालय तत्कालिन वडा हाकिम बद्री बिक्रम थापाको विशेष पहलमा राजविराज ७ मा स्थापना भएको थियो ।
पुस्तकालयको जिर्ण भवनलाई भत्काएर नयाँ संरचना निर्माण गरिए पनी पुस्तकालयका लागी आवश्यक कोठाको व्यवस्था नगरी ब्यापारिक प्रयोजनका लागी सटरहरु निर्माण हुदाँ पुस्तकालय लोप हुने अवस्थामा पुगेको गुप्ताको भनाई छ । पुस्तकालयमा रहेका अधिकांश फर्निचर र पुस्तक नष्ट भई सकेका छन् ।
उनका अनुसार सामाजिक सञ्जाल मार्फत अभियान चलाएपछि हाल काम विषेशले जिल्ला बाहिर रहेका राजविराज निवासी आनन्द मिश्रले १५ हजार देखी २० हजार सम्मको संख्यामा विश्वका उत्कृष्ट पुस्तकहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यस्तै मिश्रले अफ लाईन र अनलाईन पढ्न सकिने करिब १० हजार पुस्तक थप सहयोग स्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको गुप्ताले जानकारी दिएका छन् ।
उनका अनुसार साहित्य प्रेमी योगिस खरेल, विमल न्यौपाने, संजिव उपाध्याय लगायतका दर्जनौ व्यक्तिले पुस्तकालयलाई पुर्नजीवन दिने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
समाजिक सञ्जालमार्फत अभियान चलाएको बताउने गुप्ताले पढ्ने बानीमा ह्रास आईरहेकोले पठन संस्कृतिको विकासका लागी पनि यो अभियान चलाएका बताए । अभियानमा सघाउने र सहयोग गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गए पनि राजविराज नगरपालिकाले खासै चासो नदेखाएको उनको भनाई छ ।
राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवले ऐतिहासिक लेखनाथ आदर्श पुस्तकालयलाई पुर्नजीवन दिन नगरपालिका गम्भिर रहेको बताए । उनले पुस्तकालयको जीर्ण भवन भत्काएर व्यापारिक कम्प्लेक्स बनाइए पनि पहिलो तल्लामा सुविधा सम्पन्न लेखनाथ आदर्श पुस्तकालय बनाई यसलाई नयाँ स्वरुपमा ल्याउने योजना बनाएका जानकारी दिए । उनले लेखनाथ पुस्तकालयलाई अत्याधुनिक पुस्तकालय बनाई प्रयोगमा ल्याउन मधेश प्रदेश सरकार सँग पनि सहयोगका लागी आवश्यक पहल थालिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ