News Category 2079/03/30
किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
राजविराज नगरपालिका ७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी खरीद बिक्री गर्ने कार्यमा सलंग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई जिल्ला अदालत सप्तरीले कैद सजायको फैसला सुनाएको छ ।
जग्गाधनी काम विशेषले विदेशमा रहेका बेला उनलाई जानकारी नै नदिइ जग्गा खरीद बिक्री कार्यक्रमा संलग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज ५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधबार ६÷६ वर्ष कैद सजाय भएको हो ।
सप्तरी जिल्ला अदालतका न्यायधिश इश्वरमणि ओझाको इजलासले उक्त फैसला गरेको श्रेस्तेदार कुमार मास्केले जानकारी दिएका छन् ।
अर्का कर्मचारी सुनसरी दुहबी ४ का उद्धव खतिवडाको कारागारमै मृत्यु भएकाले उनको हकमा मुद्दा खारेज भएको छ । कीर्ते जालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५८ वर्षीय नायबसुब्बा खतिवडा २०७८ पुस २ गते कारागारमा बिरामी परेका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । उनी २०७५ साउनदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका थिए ।
खतिवडासँगै थुनामा रहेका चौधरी र अर्का कर्मचारी हरिनारायण शर्माको कैद अवधि अझै दुई वर्ष बाँकी छ । फरार रहेका शर्मा अदालतमा हाजिर भएपछि २०७५ कात्तिक १३ गतेदेखि थुनामा छन् ।
यसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज ७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका ८ घर भई हाल राजविराज ७ मा बसोवास गर्दै आएकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ । दास र साहलाई कीर्ते गरेकामा एक वर्ष र ठगी गरेकामा तीन वर्ष गरी चार वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।
कीर्ते गरेकामा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष तथा ठगी गरेकामा तीन वर्ष गरी ६÷६ वर्ष कैद सजाय भएको श्रेस्तेदार मास्केले जानकारी दिए ।
यस्तै २०७५ असार १९ गते पक्राउ परी साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका राजविराज ११ का ७८ वर्षीय फुदन साहको कैद सजाय अवधि चार वर्ष पूरा भएको छ । कैद सजाय भुक्तान भएकाले उनी रिहा भएका छन् । उनका छोरा शंकर साह तेली र शर्माका नातेदार उपेन्द्र शर्मा हालसम्म फरार रहेका छन् ।
उनीहरूले राजविराज नगरपालिका ७ की ६९ वर्षीया उषा अर्यालको करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा बिक्री गरेका थिए । काम विशेषले अमेरिकामा गएकी अर्याललाई थाहै नदिई उनीहरुको संलग्नतामा अर्यालको जग्गा बिक्री गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ