News Category 2079/03/30
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए

दैनिक समाचारदाता
राजविराज, ३० असार ।
सप्तरीको कंचनरुप नगरपालिका ४ निवासी ६० वर्षिय मंगले दमाईको घरको नक्सा नगरपालिकाका कर्मचारीले पास नगरिदा न्यायका लागि संचारकर्मी समक्ष आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दमाईले कपडा सिलाउने घरेलु उद्योग संचालन गरी ५० जनालाई रोजगारी दिँदै आएकोमा अहिले आफ्नो घरको नक्सा पास नहुँदा उद्योग नै बन्द हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।
उनले नगरपालिकाबाट भँुई तल्लाको नक्सा पास भइसकेको अवस्थामा थप एक तल्ले घर निर्माण गरेपछी सो तल्लाको नक्सा पास गर्न जाँदा भँुई तल्लाको नक्सा समेत नक्सा उपशाखाका इन्जिनियर सुजित कुमार साहले काटकुट पारिदिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
सात धुर जग्गामा उनले २०७३ साल भदौ १५ गते भँुई तल्ला भवन निर्माण गराई नगरपालिकामा अभिलेखिकरण गराएका थिए । थप तल्ला निर्माणको अभिलेखिकरणका लागि नक्सा फाँटको आदेशानुसार ४४ हजार ८० रुँपैया राजस्व समेत बुझाइसक्दा पनि नक्सा पास नगरिदिएको र आफूसँग भएको भुँई तल्लाको पुरानो पास भएको नक्साको प्रमाणपत्र समेत काटकुट पारिदिएको उनले गुनासो पोखेका छन् ।
२०७९ जेठ २० गते उनले घर नक्सा शाखाका इन्जिनियर साहको आदेशमा उक्त रकम नगरपालिकाको खातामा जम्मा गरेको सुनाए । नक्सा पासका लागि नगरपालिकाबाट खटिएका सवइन्जिनियर संजय कुमार विश्वास, खरिदार शिव नारायण यादव र अमिन मनोज कुमार यादवको टोलीले थप गरिएको भवनको नक्सा पास गर्न मिल्ने भनि सिफारिस गरेपछि इन्जिनियर साहले उक्त राजश्व रकम दाखिला गर्न लगाएको उनको भनाई छ ।
उनले इन्जिनियर साह आफ्नो छिमेकी रहेको समेत सुनाए । घर नजिकैको ४ कठ ४ धुर खेती योग्य जग्गा किन्ने विषयमा इन्जिनियर साह र आफूबीच केही समयअघि विवाद भएको र सोही रिसइवीले हाल आएर आफूलाई दुःख दिन खोजिएको उनको भनाई छ ।
उनले यसबारे नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई गुहार्दा उनीहरुले पनि इन्जिनियर साहलाई नक्सा पास गरिदिन निर्देशन दिएपनि विभिन्न बहाना देखाई आलटाल गर्ने गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/10 ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ