News Category 2079/03/30
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
सप्तरीको कंचनरुप नगरपालिका ४ निवासी ६० वर्षिय मंगले दमाईको घरको नक्सा नगरपालिकाका कर्मचारीले पास नगरिदा न्यायका लागि संचारकर्मी समक्ष आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दमाईले कपडा सिलाउने घरेलु उद्योग संचालन गरी ५० जनालाई रोजगारी दिँदै आएकोमा अहिले आफ्नो घरको नक्सा पास नहुँदा उद्योग नै बन्द हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।
उनले नगरपालिकाबाट भँुई तल्लाको नक्सा पास भइसकेको अवस्थामा थप एक तल्ले घर निर्माण गरेपछी सो तल्लाको नक्सा पास गर्न जाँदा भँुई तल्लाको नक्सा समेत नक्सा उपशाखाका इन्जिनियर सुजित कुमार साहले काटकुट पारिदिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
सात धुर जग्गामा उनले २०७३ साल भदौ १५ गते भँुई तल्ला भवन निर्माण गराई नगरपालिकामा अभिलेखिकरण गराएका थिए । थप तल्ला निर्माणको अभिलेखिकरणका लागि नक्सा फाँटको आदेशानुसार ४४ हजार ८० रुँपैया राजस्व समेत बुझाइसक्दा पनि नक्सा पास नगरिदिएको र आफूसँग भएको भुँई तल्लाको पुरानो पास भएको नक्साको प्रमाणपत्र समेत काटकुट पारिदिएको उनले गुनासो पोखेका छन् ।
२०७९ जेठ २० गते उनले घर नक्सा शाखाका इन्जिनियर साहको आदेशमा उक्त रकम नगरपालिकाको खातामा जम्मा गरेको सुनाए । नक्सा पासका लागि नगरपालिकाबाट खटिएका सवइन्जिनियर संजय कुमार विश्वास, खरिदार शिव नारायण यादव र अमिन मनोज कुमार यादवको टोलीले थप गरिएको भवनको नक्सा पास गर्न मिल्ने भनि सिफारिस गरेपछि इन्जिनियर साहले उक्त राजश्व रकम दाखिला गर्न लगाएको उनको भनाई छ ।
उनले इन्जिनियर साह आफ्नो छिमेकी रहेको समेत सुनाए । घर नजिकैको ४ कठ ४ धुर खेती योग्य जग्गा किन्ने विषयमा इन्जिनियर साह र आफूबीच केही समयअघि विवाद भएको र सोही रिसइवीले हाल आएर आफूलाई दुःख दिन खोजिएको उनको भनाई छ ।
उनले यसबारे नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई गुहार्दा उनीहरुले पनि इन्जिनियर साहलाई नक्सा पास गरिदिन निर्देशन दिएपनि विभिन्न बहाना देखाई आलटाल गर्ने गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ