News Category 2079/03/31
अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
हाल निलम्बित रहेका राजविराज नगरपालिकाका मेयर भिमराज यादवले आफुलाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा आरोपपत्र दायर भएपछि शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
आफु न्यू गहिल कन्स्ट्रक्शन निर्माण सेवाको सञ्चालक रहदा राजरंङ्गशालामा भएको काम स्तरीय रहेको दावी गर्दै उनले उक्त कुरालाई ब्यूँताएर आफुलाई फसाउने प्रयास भएको जिकिर गरे ।
सम्मानित अदालतबाट न्याय पाउने विश्वासका साथ उनले आफूमाथी भएको षड्यन्त्रबिरुद्ध सम्मानित अदालतबाट उचित न्याय मिल्ने जिकिर गरे ।
मेयरका रुपमा पद वहाली भएको २ महिनाभित्रै नगरपरिषद्बाट नगर क्षेत्रमा सीसी क्यामेरा र वाइफाइ जडान, म्यूजियम निर्माण, अन्डरग्राउण्ड पार्किङ, विपन्न परिवारलाई परिचय पत्र र राशन कार्ड वितरण लगायतका विभिन्न महत्वाकांक्षी विकासीय योजनाहरु स्वीकृत गराइ कतिपय योजनाको काम समेत सुरु भइसकेको अवस्थामा आफुमाथि षड्यन्त्र भएको उनको दावी छ ।
आर्थिक वर्ष ०७४÷०७५ मा जिल्ला खेलकुद विकास समिति सप्तरीसँग न्यू गहिल कन्स्ट्रक्सन निर्माण कम्पनीले राजविराजस्थित राजरंङ्गशालखाको स्तरोन्नति कार्यको ठेक्का लिएको थियो । सो निर्माण कम्पनीका तत्कालिन सञ्चालक रहेका यादवले निर्धारित शर्त तथा मापदण्ड विपरित कार्य गरी काम गरेको भन्दा २ लाख ६३ हजाुर ४ सय ६८ रुपैयाँ ४० पैसा बढी भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) अनुसारको विगो, कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
विशेष अदालतमा आरोप पत्र दायर भएपछि कानूनी व्यवस्थाअनुसार मेयर यादव हाल निलम्बित अवस्थामा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ