News Category 2079/04/01
ठूलो परिणाममा कृषियन्त्र उपकरण र स्यालो ट्युवेल बितरण

दैनिक समाचारदाता
राजविराज, १ साउन ।
कृषि ज्ञान केन्द्र सप्तरीले ठूलो परिणाममा कृषियन्त्र उपकरण तथा साना सिंचाई स्यालो बोरिङ्ग लगायतका सामग्री अनुदानमा वितरण सुरु गरेको छ ।
जिल्लामा वैकल्पिक ंिसचाईको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण गर्ने उद्देश्यका साथ आइतवार एक कार्यक्रमको आयोजना गरी केन्द्रले पावर टिलर, धान र गहुँ काट्ने रिपर मेशिन, स्यालो ट्युवेल र कमरसियल मोटर लगायतका कृषियन्त्र र उपकरण किसानलाई अनुदानमा वितरण गरेको हो ।
वितरण गरिएका समानहरुमा १८ एचपिको पावर टिलर ४०, ९ एचपीको पावर टिलर ११, स्यालो ट्यु्वेल १ सय ७०, समरसियल मोटर ३२, धान गहुँ काट्ने रिपर मेसिन ६ र पावर टिलरमा प्रयोग हुने रिपर ३ थान छन ।
आ.ब. २०७८÷०७९ को स्वीकृत कार्यक्रम अन्र्तगत कृषियन्त्र, उपकरण तथा साना सिंचाइ स्यालो बोरिङ्ग समाग्री वितरण कार्यक्रमको शुभारम्भ गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् ।
उनले वैकल्पिक सिंचाईको व्यवस्था, श्रमिक समस्या समाधान, लागत घटाई उत्पादन बृद्धि र किसानहरुलाई प्रविधी मैत्री बनाउने उद्देश्यले उक्त कार्यक्रम संचालनमा ल्याइएको बताए ।
सबै स्थानीयतहका कृषकलाई निवेदनका लागी आह्वान गरी छनौटमा परेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उक्त कृषि यन्त्र र उपकरण उपलब्ध गराएको प्रमुख यादवको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यूवा विदेशीने गरेको र खेतमा काम गर्ने मान्छेको अभावमा कृषकले समस्या भोगिरहेका बेला यस्तो सहयोगले धेरै राहत प्रदान गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
- 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
- 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
- 2082/04/09 शिक्षक राय मृत फेला
- 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ