News Category 2079/04/01
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई

दैनिक समाचारदाता
राजविराज, १ साउन ।
लामो समयदेखि वर्षा न भएपनि सप्तरीका किसानहरुले जसोतसो सिंचाइ गरेर ७५ प्रतिशत जग्गामा धान रोपाँइ सम्पन्न गरेका छन् ।
वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य बैकल्पिक ंिसचाईको व्यवस्था मिलाएर रोपाँइ गरिरहेका छन भने कतिपय किसान अझै आकाशे पानीको प्रतिक्षामा मै रहेको छन् ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले पर्याप्त पानी नपर्दा अहिलेसम्म शतप्रतिशत रोपाँइ हुन नसेको जनाउँदै मल खाद पनि समयमा उपलब्ध हुन नसक्दा शत प्रतिशत रोपाँइ हुन नसकेको बताएका छन् ।
किसानका लागी यहाँ स्थित साल्ट ट्रेडिङ्ग करपोरेशन लि. र कृषि समाग्री कम्पनीका साथै २ सय ५० सहकारी संस्थामार्फत मल वितरणको व्यवस्था मिलाइको उनले जानकारी दिए । उनका अनुसार हाल साल्ट ट्रेडिङ्ग करपोरेशन लि.को गोदामा डिएपी ५ सय ५० मेट्रिक टन र युरिया मल १ सय २५ मेट्रिक टन मौज्दात रहेको छ ।
यस्तै कृषि समाग्री कम्पनीमा १ सय १२ मेट्रिक टन डिएपी र १ सय ७५ मेट्रिक टन पोटास मौज्दात छन् । जिल्लामा २३ हजार मेट्रिक टन युरिया मल, १्र२ हजार मेट्रिक टन डिएपी, ९ हजार २४ मेट्रिक टन पोटास र सुक्ष्मतत्व (जिंक) २ हजार १ सय ८० मेट्रिक टन आवश्यक परेपनि हाल सम्म ती सबै गरी करिब १६ सय मेट्रिक टन मात्र मल खाद उपलब्ध हुन सकेको र थप आउने क्रममै रहेको बालि संरक्षण अधिकृत दिनेश प्रसाद यादवले जानकारी दिए ।
सप्तरीमा कुल ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ७२ हजार हेक्टर कुल क्षेत्रफल जग्गामा वर्षे धान र ३ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइदै आइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ