News Category 2079/04/02
भारतीय नोट सटही सुविधा नहुदाँ सर्वसाधारण हैरान
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
भारतीय नोटको चरम अभाव देखिएको छ । सप्तरी सदरमुकामराजविराजसहित जिल्लाका प्रमुख बजारमा भारतीय नोट सटही सुविधा नहुँदा नहुदाँ सर्वसाधारण हैरान भएका छन् ।
सीमावर्ती बजारमा किनमेल प्रयोजनका लागी मात्र नभई भारतमा उपचार, शिक्षा, तिर्थ तथा पर्यटन प्रयोजनका लागी पनि भारतीय नोट आवश्यकता पर्छ । अर्को तीर अहिले साउन महिनाको शूरुवातसंगै भारतको झारखण्डराज्यस्थित देवघर (बाबाधाम) बोलबम जानेहरुको संख्या पनि सप्तरीबाट उल्लेख्यरहने गरेको छ ।
तर भारतीय नोटको अभावका कारण यती तिर्थ गर्नेहरु हैरान परेसान छन् । प्रचण्ड गर्मीर चर्काे घाममा समेत उनीहरु विहानै देखि बजारका विभिन्न पसलर बैंकको गेट अघि पुगेर भारतीय नोट साट्नका लागि सोध्ने गरेका छन् । तर, जिल्लामा एउटा पनि भारतीय नोट साट्ने सटही काउन्टर नहुँदा उनीहरु निराश भएका छन् ।
चार वर्ष अघि सम्मराजविराजस्थितराष्ट्रिय बाणिज्य बैंकले भारु सटही सुविधा उलब्ध गराउदै आएको थियो । तर बन्द गरिएको सो सेवा ४ वर्ष वितिसक्दा पनि पुनःसुचारु हुन सकेको छैन । अन्य कुनै बैंक देखि मनिचेन्जरले पनि भारु सटही सेवा उपलब्ध न गराउँदा सर्वसाधारण हैरानी भोग्न बाध्य छन् ।
राष्ट्रिय बाणिज्य बैंक शाखाराजविराजका सहायक प्रबन्धक अजय प्रताप गौतमले माथी कै आदेशबाट भारतीय रुपैया सटही काउन्टर बन्द गरिएकोले सर्वसाधारणलाई सो सेवा दिन न सकिएको लाचारी ब्यक्त गरे ।
यस्तो अवस्थामा कतिपयले महगो दरमा भारतीय नोट साटेर भए पनि गर्जाे टार्न बाध्य भएको सर्वसाधारणको गुनासो छ । स्थानीय बजारका केही कारोवारीले सयकडा ५ देखि ७ रुपैया सम्म वट्टा काटेर भारतीय नोट उपलब्ध गराउने भएकाले सर्वसाधारणलाई उनीहरुसँग भारतीय नोट सटही गर्ने काम निकै महँगो पर्ने गरेकोराजिराज ७ का उमाकान्त साहले बताए ।
सर्वसाधारण मात्र नभई यहाँका उधोगी व्यवसायीलाई पनि भारतीय नोटको अभावले उत्तिकै पिरोलेको छ । यसरी भारतीय नोटको अभावले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै स्थानीयले बन्द गरिएकोराष्ट्रिय बाणिज्य बैंकको भारु सटही काउन्टर संचालन गर्नू पर्ने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ