News Category 2079/04/05
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
अहिले सप्तरीस्थित विभिन्न सरकारी तथा सार्वजनिक स्थलका पर्खालहरुमा मिथिला चित्रकला कोरिदै छ । यसैक्रममा राजविराजस्थित भुमिसुधार तथा मालपोत कार्यालयको पर्खालमा भगवान राम र सीताका चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ ।
९० मिटर लामो पर्खालका भित्तामा बनाइएका देवी देवताका कलात्मक र सन्देशमुलक मिथिला चित्रकला अहिले सबैको आकर्षणको केन्द्र बनेको छ ।
सीताको जन्म, विवाह र विदाईका दृश्यका साथै भगवान शिव र राधाकृष्ण लगायतका देवी देवताका आर्कषक मिथिला चित्र बनाइदै छ । सो कोरिएको कला हेर्न अहिले भीड लाग्ने गरेको छ ।
मिथिला थिग्ंस जनकपुरकी पुनम कर्ण, रश्मी कर्ण, पुनम दत्त, सुखी कर्ण, अंजली साह लगायतको टोलीले विगत १५ दिन देखी रंग र कुची समाएर चित्रलाई अन्तिम रुप दिने तयारीमा छिन् ।
मधेश प्रदेशमा अहिले विभिन्न कार्यालय, विद्यालय र स्थानीय तहमा मिथिला संस्कृति झल्किने मिथिला चित्रकलाको माँग बढ्दै गएकाले आपूmलाई उत्साहित बनाएको मिथिला चित्रकलाकर्मी अंजली बताउछिन् ।
धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाईलाई दृष्टिगत गरी कार्यालय परिसर क्षेत्रलाई मिथिला कलामार्फत देवी देवताको चित्रले सजाइएको कार्यालय प्रमुख दिपेन्द्र कुमार झाले जानकारी दिँदै उनले यस कार्यका लागि शम्भुनाथ नगरपालिकाले सहयोग जुटाई दिएको बताए ।
उनले कार्यालयको बाहिरी सजावटसँगै आन्तरिक सुधार र सेवा सुविधा चूस्तदूरुस्त बनाउन पनि आवश्यक काम थालिएको बताए । प्रत्येक फाँटमा सिसी क्यामरा जडान गरी निगरानी थालिएको तथा विचौलिया प्रवेशमा कडाई गरिएको उनको दाबी छ ।
उनले सेवाग्राहीको चाप हेरेर राजविराज नगरपालिका र खडक नगरपालिकाको सहयोग जुटाई विश्राम कक्ष र उनीहरुलाई वस्नका लागी आवश्यक आवश्यक टेवुल कुर्सीको व्यवस्था पनि मिलाइएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ