News Category 2079/04/07
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. वी.पी.कोईरालाको ४० औं स्मृती दिवसको अवसरमा शुक्रबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाली काँग्रेस सप्तरीले आफ्ना संस्थापक नेता समेत रहेका स्व. कोइरालाको प्रतिमामा माल्र्यापण तथा अन्तरक्रिया र भातृ संस्था नेविसंघले विरामीलाई फलपृmुल वितरण गरी ४० औं स्मृति दिवस मनाएको हो ।
सप्तरीको सुुरुंगा नगरपालिकाको कदमाहा चौकमा रहेको स्व. वीपीको प्रतिमामा माल्र्यापण पश्चात नेपाली काँग्रेस सप्तरीद्वारा आयोजित कार्यक्रममा काँग्रेसका जिल्ला सभापती रामदेव साह, जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, उपसभापती द्वय राम कुमार यादव, फत्ते महमद, सचिवद्वय सनत मण्डल, प्रभु नारायण चौधरी, युवा नेता इर्शाद अन्सारी, सुरुंगा नगरपालिकाका प्रमुख गिता चौधरी, सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण ढकाल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल लगायतका वक्ताले वीपी कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।
यस्तै शुक्रवार नै नेविसंघ सप्तरीले स्थानीय गजेन्द्रनारायण सिह अस्पतालका विरामीहरुलाई फलपुृmल वितरण गरी ४० औं वीपी स्मृती दिवस मनाएका छन् ।
जिल्ला अध्यक्ष घनानन्द यादवको अगुवाईमा काँग्रेसकी महिला नेतृ सुशिला यादव, युवा नेता नन्दकिशोर यादव लगायतको टोलीले अस्पतालमा भर्ना रहेका १ सय ५० भन्दा बढी विरामीलाई फलफुल वितरण गरीएको संघले जनाएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागी कठोर संघर्ष गरेका कोइरालाको वि.स.२०३९ साल साउन ६ गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ