News Category 2079/04/08
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
सेभ द सप्तरीद्वारा आयोजित तथा सेभ द चिल्ड्रेनको सहयोगमा पालिकाहरूको जननिर्वाचित प्रतिनिधिहरूसँग स्वागत कार्यक्रम तथा परिचयात्मक बैठक आइतबार सम्पन्न भएको छ ।
आयोजित बैठकमा समुन्नती कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिका १, ५, १४, १५ र १६ मा बालवालिकाहरूको स्वास्थ, शिक्षा तथा जीवन उपयोगी सम्बन्धी कार्यक्रम प्रभाकारी बन्दै गएको दाबी गरिएको छ ।
संस्थाले राजबिराज १४ स्थित राप्राबि प्रसाहीको बालविकास निर्माण गर्न २० लाखको सहयोग गरेपछि बालवालिकाहरूलाई पठनपाठन गर्न सहयोग मिलेको तथा राजबिराज १६ स्थित बर्थिङ सेन्टर निर्माण गर्न २४ लाख ८३ हजार ७ सय ५२ रूपैया र राजबिराज नगरपालिका वडा १६ ले १५ लाख सहयोग गरेपछि त्यस क्षेत्रका नागरिकहरू लाभान्बित भएको बताइएको छ ।
बिपन्न समुदायलाई लघुउधम बिकास ब्यवसाय सुरूवात र सुधार तालिम तथा ब्यवसायी संचालन सामग्री सहयोगका लागि ४० हजार साथै ६ जना बेरोजगार युवाहरूलाई अल्मुनियम सम्बन्धी तालिमका लागि १ लाख ८५ हजार बराबरको सहयोग गरेको सेभ द सप्तरीका कार्यक्रम अधिकृत राजिव चौधरीले जानकारी दिए ।
यस्तै मुख्य क्रियाकलाप अनुसार बाल क्लवका बालवालिकाहरूको लागि जीवन उपयोगी सीप तथा बितिय शिक्षा सम्बन्धी सत्र संचालन, बाल अधिकार समिति पुर्न गठन, नवजात शिशु स्याहार कुनाको लागि आबश्यक उपकरण सहयोग जस्ता कार्यक्रम गर्दै आएको स्पोनसरसिप कार्यक्रम अधिकृत फरजना खातुनले बताईन ।
उक्त अवसरमा राजबिराज नगरपालिका उपप्रमुख ईसरत परविनले गर्भदेखि नै बालवालिकाहरूको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । जन्मदेखि नै बालवालिकाहरूको परिवारिक संरक्षण गरी राम्रो वातावरणमा उनीहरूको बिकास गर्नुपर्नेमा उनले बताइन् ।
उक्त अवसरमा प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादब, राजबिराज ५ का अध्यक्ष बन्धु लाल दास, वडा १४ का जगदिश मण्डल, वडा १५ का ओमनारायण साह, वडा १६ का एकवाल यादब, कार्यकालिका सदस्य सोनी रजक, सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, कार्यक्रम सुपरभाईजर भुपेन्द्र सदा, समुदायिक परिचालक रामु यादबलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ