News Category 2079/04/08
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको राजविराजमा सम्पन्न बैठकले २०७९ का लागि सामुदायिक सेवा केन्द्रका अध्यक्ष ७३ वर्षीय हितनारायण लाल दासलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
शैक्षिक र सामाजिक जागरणको अभियानमा योगदान पु¥याउनु हुने राजविराज नगरपालिका ५ निवासी दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको कोषका संस्थापक बैद्यनाथ झाले जानकारी दिएका छन् ।
पाँच दशक अघि शिक्षण पेशाबाट सार्वजनिक जीवन सुरु गर्नुभएका दास हाल महिला, बालबालिका तथा जेष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि निरन्तर कटिबद्ध र क्रियाशील छन् ।
बाल मन्दिर राजविराजमा २३ वर्षसम्म अध्यापन गर्नुभएका उनले विभिन्न गैरसरकारी संस्थामा कुशल व्यवस्थापक, संयोजक, प्रशिक्षक भई पछाडि पारिएका वर्गहरुका माझ चेतना जगाउने अभियानमा देखाउनु भएको क्रियाशीलता तथा बालबालिकाको चेतना, मानव अधिकारका साथै लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गरेकाले सम्मान गर्न लागिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ