News Category 2079/04/08
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
राजविराज नगरपालिका वडा नं. १३ पिपराई टोल बस्ने बलराम यादवले आफ्नै भाउजु रेखालाई निर्घात कुटपिट गरेका छन् । जग्गा अंशको निहुँमा देवर बलरामले भाउजुलाई निर्घात कुटपिट गरेका हुन् ।
पति बैदेशिक रोजगारीमा मलेशियामा रहेको मौका छोपी आइतबार बिहान जग्गाको अंश विषयको विवादमा बलरामको निर्घात कुटपिटबाट रेखाको टाउको फुटेको छ । उनको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
कुटाईबाट रेखाको टाउकोमा चार वटा टाका लगाइएको तथा शरीरको अन्य भागमा पनि चोट देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।
बलरामले पटक पटक जग्गा अंशको विषयलाई लिएर कुटपिट र गालीगलौज गर्दै आएका रेखाले बताइन् । उनले कहिले पैसा माग्ने गरेको त कहिले जग्गा अंश माग्ने गरेकोमा दाजुसँग नै कुरा गर्न भन्दा ज्यानै लिने गरि आक्रमण गरेको सुनाइन् ।
सप्तरीको महदेवा गाउँपालिका १ माइत भएकी रेखाकोतर्फबाट आइतबार नै बुबा राजेन्द्रले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिई पीडकमाथी कारवाहीको माग गरेको छ । प्रहरीले पीडकको खोजि भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ