News Category 2079/04/08
राजविराज नगर हाक्दै महिला उपमेयर परवीन
दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
राजविराज नगरपालिकाका मेयर निलम्बनमा परेपछि अहिले नगरपालिका हाक्ने जिम्मा उपमेयर इसरत परवीनले पाएकी छिन् ।
दुई महिना अघि उपमेयरमा निर्वाचित भएकी उनी यति बेला मेयरको पनि जिम्मेवारी उनले नै सम्हाल्न पुगेपछी कार्य गर्न भ्याई नभ्याई भएको छ ।
दैनिकी कामकाजमा प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र यादवसहित सबै कर्मचारीले पनि कार्यसम्पादनमा सहयोग गरिरहेको उनले बताइन् । यता निलम्बित मेयर यादव बाहिर वसेर पनि हौसला, साथ र सहयोग दिन थालेपछि काम गर्न सहज भएको उनको भनाई छ ।
उनले नगरपालिकाद्वारा संचालित विकास निर्माण कार्यमा आपृmु प्राविधीक सहितको टोली लिएर अनुगमन गर्ने गरेको र मापदण्ड अनुसारको काम भएकालाई मात्र भुक्तानी दिने गरिएको बताउँदै भविष्यमा हुने यस्ता काममा सम्बन्धित निर्माण कम्पनी र उपभोक्तालाई गुणस्तरीयताको ख्याल राख्न सचेत पनि गराउँदै आएकी बताउँछन् ।
यस्तै उनको मुख्य जिम्मेवारी न्यायिक समितीको पनि हो । ती जिम्मेवारी पनि कुशलतापुर्वक उनी निर्वाह गर्न थालेकी उपमेयर परवीनले स्थानीयतहको सेवा संचालन ऐन तथा व्यवस्था सम्बन्धी आदेशको पुरै अध्ययन गरिसकेको बताउछिन् ।
उनले संविधानले दिएको अधिकार क्षेत्र भित्रै रहेर न्यायिक समितीमा आउने मुद्दालाई टुग्याउँने गरेको बताईन । उनले अधिकाँश मुद्दामा मिलापत्र गराइएको, कतिपयमा कडा निर्देशन दिएको र क्षेत्राधिकार बाहिर रहेका केही मुद्दा अदालतमा पठाइएको जानकारी दिइन ।
उनका श्रीमान् समिम कानून व्यवसायी हुन । उनले पनि यस्ता विवाद निरुपण र न्याय सम्पादन कार्यमा निकै मद्दत गर्ने गरेको उपमेयर परबीन सुनाउँछिन ।
२०७४ सालमा राजविराज ७ स्थित राजरंगशालाको स्तरोन्नती कार्य गर्दा निर्माण कम्पनी न्यू गहिल कन्ट्रक्शनले गरेको काम भन्दा २ लाख ६३ हजार बढी भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुुसनधान आयोगले उक्त कम्पनीका तत्कालिन संचालक समेत रहेका राजविराज नगरपालिकाका नव निर्वाचित मेयर भीमराज यादव विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछी हाल उनी निलम्बीत अवस्थामा छन् ।
यद्दपी मेयर यादवले यस्तो कुनै अनियमितता नगरेको र ५ वर्ष अघि सम्पन्न निर्माण कार्यको विषय ब्युँत्याएर आफुलाई फसाउन खोजिएको दाबी गर्दै अदालतबाट आफु न्याय पाउने विश्वास ब्यक्त गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ