News Category 2079/04/08
राजविराज नगर हाक्दै महिला उपमेयर परवीन

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
राजविराज नगरपालिकाका मेयर निलम्बनमा परेपछि अहिले नगरपालिका हाक्ने जिम्मा उपमेयर इसरत परवीनले पाएकी छिन् ।
दुई महिना अघि उपमेयरमा निर्वाचित भएकी उनी यति बेला मेयरको पनि जिम्मेवारी उनले नै सम्हाल्न पुगेपछी कार्य गर्न भ्याई नभ्याई भएको छ ।
दैनिकी कामकाजमा प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र यादवसहित सबै कर्मचारीले पनि कार्यसम्पादनमा सहयोग गरिरहेको उनले बताइन् । यता निलम्बित मेयर यादव बाहिर वसेर पनि हौसला, साथ र सहयोग दिन थालेपछि काम गर्न सहज भएको उनको भनाई छ ।
उनले नगरपालिकाद्वारा संचालित विकास निर्माण कार्यमा आपृmु प्राविधीक सहितको टोली लिएर अनुगमन गर्ने गरेको र मापदण्ड अनुसारको काम भएकालाई मात्र भुक्तानी दिने गरिएको बताउँदै भविष्यमा हुने यस्ता काममा सम्बन्धित निर्माण कम्पनी र उपभोक्तालाई गुणस्तरीयताको ख्याल राख्न सचेत पनि गराउँदै आएकी बताउँछन् ।
यस्तै उनको मुख्य जिम्मेवारी न्यायिक समितीको पनि हो । ती जिम्मेवारी पनि कुशलतापुर्वक उनी निर्वाह गर्न थालेकी उपमेयर परवीनले स्थानीयतहको सेवा संचालन ऐन तथा व्यवस्था सम्बन्धी आदेशको पुरै अध्ययन गरिसकेको बताउछिन् ।
उनले संविधानले दिएको अधिकार क्षेत्र भित्रै रहेर न्यायिक समितीमा आउने मुद्दालाई टुग्याउँने गरेको बताईन । उनले अधिकाँश मुद्दामा मिलापत्र गराइएको, कतिपयमा कडा निर्देशन दिएको र क्षेत्राधिकार बाहिर रहेका केही मुद्दा अदालतमा पठाइएको जानकारी दिइन ।
उनका श्रीमान् समिम कानून व्यवसायी हुन । उनले पनि यस्ता विवाद निरुपण र न्याय सम्पादन कार्यमा निकै मद्दत गर्ने गरेको उपमेयर परबीन सुनाउँछिन ।
२०७४ सालमा राजविराज ७ स्थित राजरंगशालाको स्तरोन्नती कार्य गर्दा निर्माण कम्पनी न्यू गहिल कन्ट्रक्शनले गरेको काम भन्दा २ लाख ६३ हजार बढी भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुुसनधान आयोगले उक्त कम्पनीका तत्कालिन संचालक समेत रहेका राजविराज नगरपालिकाका नव निर्वाचित मेयर भीमराज यादव विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछी हाल उनी निलम्बीत अवस्थामा छन् ।
यद्दपी मेयर यादवले यस्तो कुनै अनियमितता नगरेको र ५ वर्ष अघि सम्पन्न निर्माण कार्यको विषय ब्युँत्याएर आफुलाई फसाउन खोजिएको दाबी गर्दै अदालतबाट आफु न्याय पाउने विश्वास ब्यक्त गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ