News Category 2079/04/10
राजविराज वडा नं. ४ मतपरिणामको सम्पुर्ण सक्कलै कागजात झिकाउने अदालतको आदेश

दैनिक समाचारदाता
राजविराज, १० साउन ।
राजविराज वडा नं. ४ का वडा अध्यक्ष पदमा एक मतले पराजित भएका वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार कासिम अन्सारीले मतगणना त्रृटीपुर्ण भएको भन्दै पुनः मतगणना गर्र्नु पर्ने मागसहित दायर गरेको उजुरीमाथी अदालतले निर्वाचनको मतगणना भएदेखि मतपरिणाम घोषणासम्मका सम्पुर्ण सक्कलै कागजात झिकाउने विपक्षिको नाममा आदेश गरेको छ ।
उजुरी उपरको वहस सुनवाइ पछी मुख्य न्यायाधिश हरिप्रसाद भण्डारी र न्यायाधिश जगत बहादृुर थापाको संयुक्त इजलासद्वारा जारी आदेशमा “वडाको मतगणनादेखी मतपरिणामको घोषणा भएसम्मका सम्पुर्ण कागजातहरु सक्कलै अदालतमा पठाई दिनु भनी” जिल्ला निर्वाचन कार्यालय सप्तरीलाई आदेश दिएको उल्लेख छ ।
गत जेठ १० गते एक मतले पराजित भएका अन्सारीले मतगणनामा त्रुटीपुर्ण भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र नवनिर्वाचित वडाध्यक्ष दिनेश साहलाई विपक्षी बनाई पुनः मतगणनाको मागँ सहित उच्च अदालत जनकपुर राजविराज इजलासमा उजुरी दायर गरेका थिए ।
एक हजार ५ सय २२ मत खसेको उक्त वडा निर्वाचनमा जसपाको तर्फबाट उम्मेदवार रहेका दिनेश प्रसाद साह ३ सय ११ मत ल्याई निर्वाचित भएका थिए ।
तीन सय १० मत ल्याएका अन्सारीले मतगणनामा खटिएका कर्मचारीको लापरवाहीे तथा निर्वाचित घोषित गरिएका साहका मतगणना प्रतिनीधीको अनावश्यक हस्तक्षेप र दवावमा परिणाम उलटफेर गरिएको दाबी गर्दै आएका छन् ।
अन्सारीका तर्फबाट बरिष्ठ अधिवक्ता भानु निरौला र अधिवक्ता फुल नारायण यादव तथा विपक्षीको तर्फबाट अधिवक्ता शिव कुमार चौधरी र श्याम नारायण साहले बहस गरेका थिए ।
जिल्ला निर्वाचन अधिकारी प्रदिप जोशीले सम्मानित अदालतको आदेश अनुसार उक्त वडाको मतगणना भईसकेको सदर र बदर मतपत्र, मुचुल्का, गणनाको ट्याली फारम लगायत सम्पुर्ण सक्कली कागजात संकलन गरी दुई साता भित्रै अदालतमा पठाउने जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/10 ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ