News Category 2079/04/11
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
समाजसेवी एवं शान्तिकामी स्व. डा. नागेश्वर प्रसाद सिंहको १२ औं स्मृति दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल विश्व शान्ति समितिद्वारा आयोजित कार्यक्रममा स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झना गरिएको हो । सो अवसरमा स्व. सिंहको तस्बिरमा माल्यार्पण तथा पूष्पगुच्छा अर्पण गर्दै सहभागि वक्ताले जुझारु र निष्ठावान व्यक्तित्वका धनी स्व. सिंहको निधनले मुलुकलाई अपूर्णीय क्षति पुगेको बताए ।
आयोजक समितिका महासचिव मधुबहादुर बिसिको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरि प्रसाद भट्राई, प्रेस काउन्सील नेपालका पूर्वसदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, मधेश प्रदेश जेष्ठ नागरिक संघका अध्यक्ष शंकर सारदा, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख राजिव मिश्रा, प्राध्यापक अशोककुमार सिंह, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, स्व. सिंहका जेठा छोरा समेत रहेका राजविराज नगरपालिकाका पूर्व मेयर गोबिन्द सिंह लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिंहको योगदानको स्मरण गरे ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पूर्खौली घर भई हाल राजविराज ३ मा बसोवास गर्दै आएका सिंहको ८५ वर्षको उमेरमा निधन भएको थियो । सिंह २०१६ सालको प्रथम आमनिर्वाचनमा सप्तरीको क्षेत्र नं. ३६ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भई २०१७ सालमा डा. तुलसी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत भएका थिए । उनी नेपाल रेडक्रस सोसाइटी र लायनस क्लवका संस्थापक सदस्य समेत हुन् । उनको २०६७ साल साउन २ गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ