News Category 2079/04/11
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
समाजसेवी एवं शान्तिकामी स्व. डा. नागेश्वर प्रसाद सिंहको १२ औं स्मृति दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल विश्व शान्ति समितिद्वारा आयोजित कार्यक्रममा स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झना गरिएको हो । सो अवसरमा स्व. सिंहको तस्बिरमा माल्यार्पण तथा पूष्पगुच्छा अर्पण गर्दै सहभागि वक्ताले जुझारु र निष्ठावान व्यक्तित्वका धनी स्व. सिंहको निधनले मुलुकलाई अपूर्णीय क्षति पुगेको बताए ।
आयोजक समितिका महासचिव मधुबहादुर बिसिको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरि प्रसाद भट्राई, प्रेस काउन्सील नेपालका पूर्वसदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, मधेश प्रदेश जेष्ठ नागरिक संघका अध्यक्ष शंकर सारदा, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख राजिव मिश्रा, प्राध्यापक अशोककुमार सिंह, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, स्व. सिंहका जेठा छोरा समेत रहेका राजविराज नगरपालिकाका पूर्व मेयर गोबिन्द सिंह लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिंहको योगदानको स्मरण गरे ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पूर्खौली घर भई हाल राजविराज ३ मा बसोवास गर्दै आएका सिंहको ८५ वर्षको उमेरमा निधन भएको थियो । सिंह २०१६ सालको प्रथम आमनिर्वाचनमा सप्तरीको क्षेत्र नं. ३६ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भई २०१७ सालमा डा. तुलसी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत भएका थिए । उनी नेपाल रेडक्रस सोसाइटी र लायनस क्लवका संस्थापक सदस्य समेत हुन् । उनको २०६७ साल साउन २ गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ