News Category 2079/04/12
जुम्ल्याहा शिशु हुर्काउन समस्यामा परेका खंग दम्पत्तिलाई क्रिएशनको सहयोग
_c14.jpg)
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
गत जेठ १ गते जुम्ल्याहा सन्तान जन्माएकी राजविराज नगरपालिका १२ दमावत्ति टोलकी २५ वर्षिया पुनिता खंगलाई नवजात शिशु हुर्काउन पौष्टिक आहारको समस्या भइरहेको बेला विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेका छन् ।
बिहीबार क्रिएशन नेपाल काठमाडौंले उनलाई १० हजार रुँपैया नगद सहयोग उपलब्ध गराएको हो । संस्थाका प्रतिनिधि किरण ढकाल, समाजसेवि एवम् प्राध्यापक बन्दना मिश्रा, दिपक झा लगायतको टोली उनको घरमै पुगी सो सहयोग प्रदान गरेका हुन् ।
सुत्केरी गराउदा ऋण लिएर गरेको अस्पताल खर्च तिर्नै नसकेको बेला आर्थिक अभावका कारण जुम्ल्याहा सन्तानलाई पोषिलो आहार समेत दिन नसकेको खबर प्राप्त भएपछि सहयोग उपलब्ध गराइएको क्रिएशन नेपालका अध्यक्ष आनन्द मिश्राले बताए ।
सो अवसरमा समाजसेवि एवम् प्रध्यापक बन्दना मिश्राले दैनिक ज्यालादारी मजदुरीको काम गर्दै आएका उनका श्रीमान् पञ्चदेवलाई शुक्रवारदेखि नै मजदुरीको काम दिने आश्वासन दिएकी छिन् । उनले नवजात शिशुका लागि लत्ताकपडा र खंग दम्पतिको सुरक्षित वासका लागि फुसको छानामा राख्न आवश्यक देखिएको त्रिपाल समेत उपलब्ध गराइने प्रतिबद्धता जनाइन ।
पोष्टिक आहारको अभावमा आमालाई दुध नपुगेर बच्चा कुपोषण लाग्ने चिन्ताले खंग दम्पति सहयोगको याचना गर्दै आएका छन् । खंग दम्पतिको ७ दिनको अस्पताल बसाइले काम पनि छुटेकाले नवजात शिशुको लालनपालनमा समस्या भएको हो ।
उनको पहिलेदेखि नै दुई छोरीहरु छन् । आमाबुवा गरी ८ जनाको परिवार पाल्न समस्या भएपछि खंग दम्पतिले सहयोगको लागि आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/10 ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ