News Category 2079/04/12
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
अस्पतालको सट्टा औषधी पसलमा उपचार गराउदा सप्तरीमा एक महिलाको ज्यान गएको छ ।
जिल्लाको रुपनी गाउँपालिका २ पौवा टोलकी ३५ वर्षिया सियादेवी मण्डलको औषधी पसलमा उपचार गराउदा मृत्यु भएको हो ।
बुधवार साँझ उनी राजविराज ६ स्थित अजित फार्मेसी एण्ड क्लिनिकमा छाति दुखेपछि उपचारका लागि आएकी थिइन् । औषधी पसलका सञ्चालक र एक जना महिला स्वास्थ्यकर्मी (नर्स)ले उनको उपचार सुरु गरेको मृतक महिलाका आफन्तको भनाई छ ।
उपचारका क्रममा अचानक अचेत भएकी उनलाई छेउमै रहेको छिन्नमस्ता अस्पताल पु¥याइएको थियो । सो अस्पतालमा इसिजि गर्दा उनलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
यता मृतकका आफन्तले औषधी पसल सञ्चालकले बिरामीको उपचार पसलमै भइहाल्छ भनि भ्रममा पारेर लापरवाहीपूर्ण तरिकाले उपचार गर्दा आफ्नो मान्छेको मृत्यु भएको दावी गर्दै घटनाको छानविन र दोषीमाथि कारवाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले घटनाको अनुसन्धानका क्रममा विहिवार उक्त औषधी पसलका एक जना सञ्चालकलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जानकारी दिएका छन् ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ