News Category 2079/04/12
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
केन्द्रिय सरकारमा सत्ता साझेदारको रुपमा तथा प्रदेशमा आफ्नै नेतृत्वमा सरकार रहेको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती सप्तरीले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै किसान लक्षित ७ बुँदे माँगसहित बिहीबार प्रधानमन्त्रिलाई ज्ञापन पत्र पठाएको छ ।
वर्षा नहुदाँ किसानहरु समस्यामा परेको तथा धान रोपिसकेको खेत पानी अभावले धाँजा फाट्न थालेको भन्दै मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानको अन्य समस्या समेत समाधान गर्न प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
बुझाइएको ज्ञापनपत्रमा मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई विषेश राहत प्याकेजको व्यवस्था, किसानलाई पर्याप्त मल खाद्यको व्यवस्था, किसानले बैंकहरुबाट लिएको ऋणको ब्याज मिनाहा, किसानलाई कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निशुल्क, सिंचाइका लागी व्यापक डिप बोरिङ्ग लगायतका अन्य बैकल्पिक व्यवस्था गर्न लगायतका माग अघि सारिएको छ ।
स्थानीय शिव मन्दिरमा भेला भइ जसपा सप्तरीका अध्यक्ष केदार यादव, केन्द्रीय सदस्य अमरनाथ मण्डल, युवा नेता शम्भु यादव, हरेराम यादव, राजेश्वर राय लगायतको अगुवाइमा जसपाका नेताहरु प्रमुख जिल्ला अधिकारी गौतमको कार्यकक्षमा पुृगेर ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी गौतमले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाइए दिने प्रतिबद्धता जनाए ।
सोही दलका नेता मृृगेन्द्र कुमार सिंह यादव अहिले कृषि तथा पशुपक्षी विकास मन्त्री हुन । सप्तरी मन्त्री सिंहको गृह जिल्ला पनि हो । यता साउनको दोश्रो साता वित्न लाग्दा पनि वर्षा नहुँदा सोचे अनुरुपको रोपाई गर्न नपाएका किसानहरुले मल खाद्य समयमा समेत नपाउँदा थप समस्यामा परेको गुनासो गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ