News Category 2079/04/14
काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित
राजविराज÷नेपाली काँग्रेस सप्तरीले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
नेपाली काँग्रेस सप्तरीले शनिबार राजविराजमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो ।
नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्वाचितहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवले लोकतन्त्र र जनताको अधिकारका लागि सधै अगुवाई गर्दै आएको देशकै सबै भन्दा पुरानो पार्टी नेपाली काँग्रेसलाई जिल्लामा पहिलो स्थानमा पु¥याउन योगदान दिने सबै धन्यवाद र बधाईको पात्र भएको बताए ।
उनले नवनिर्वाचितहरुलाई आ–आफ्नो पालिकामा उदाहरणिय काम गर्न सुझाव दिँदै अब प्रदेश र संघीय निर्वाचनमा पनि काँग्रेसलाई पहिलो स्थानमा ल्याउन सबै एकजुट भई काम गर्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य दिनेशकुमार यादव, संघीय सांसद तेजुलाल चौधरी, प्रदेश सांसद समिम अन्सारी, गिता यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पनि शुभकामना दिँदै नवनिर्वाचितहरुले आ–आफ्नो पालिकामा उदाहरणिय काम गरि जनताको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।
हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले तीन नगरपालिका र दुई गाउँपालिकामा मेयर÷उपमेयरसहित पाँच पालिका जिती जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ