News Category 2079/04/16
बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट समाजसेवी दास सम्मानित
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
यस वर्षको बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट समाजसेवी एवं पूर्व प्रधानाध्यापक हितनारायण लाल दास सम्मानित भएका छन् ।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष सप्तरीद्वारा सोमबार आयोजित ३० औं प्रकाश स्मृति दिवसको अवसर दासलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
शिक्षा, समाजसेवा, शसक्तिकरण तथा समाज उत्थानमा र चेतना अभिबृद्धिमा योगदान पु¥याए वापत उनलाई सम्मानित गरिएको हो ।
कोषका संस्थापक बैजनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा कार्यक्रमका विशिष्ठ अतिथि मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्णले संयुक्त रुपमा दोसल्ला, कदरपत्र तथा नगद पुरस्कारबाट दासलाई सम्मान गरे ।
लामो समयदेखी समाज उत्थानमा योगदान गरेका ७३ वर्षिय दासको उच्च मुल्याङ्कन गर्दै सो सम्मान गरिएको कोषका संस्थापक अध्यक्ष बैजनाथ झाले बताए ।
संस्थापक अध्यक्ष झाको अध्यक्षतामा आयोजित पुरस्कार बितरण तथा सम्मान समारोहमा मधेश प्रदेश मिडिया काउन्सीलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई, मधेश प्रदेश नागरिक संघका अध्यक्ष शंकर सारदा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ