News Category 2079/04/16
सप्तरी जिल्ला अदालतद्वारा ४८ प्रतिशत मुद्दा फर्छयौट
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
सप्तरी जिल्ला अदालतले सरेर तथा नयाँ दर्ता भएको मुद्दाका गरी ४८ प्रतिशत मुद्दा फर्छयौट गरेको जनाएको खछ ।
आर्थिक वर्ष २०७८÷०८९ मा सरेर आएका ४ हजार ३ सय ९६ र नयाँ दर्ता भएका ४ हजार ३ सय २ गरी कुल ८ हजार ६ सय ९८ मध्ये ४ हजार १ सय ३२ मुद्दा फर्छयौट गरेको अदालतका सुचना अधिकारी भरतमणी पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त आर्थिक वर्षमा ४ हजार ५ सय ६६ मुद्दा फर्छयौट गर्न बाँकि देखिएका मुद्दा चालु आर्थिक वर्ष २०७९÷०८० का लागी सरेर आएको छ ।
कोरोना माहामारी, स्थानीयतहको निर्वाचन लगायतका विविध कारणले लक्ष्य प्राप्त हुन नसकेको सुचना अधिकारी पोखरेलले बताए । यद्धपी लक्ष्य प्राप्ती कठीन भएपनि उपलब्ध साधन श्रोत र जनशक्तीको उच्चतम प्रयोग गरी मुद्दा फर्छयौट प्रतिशत संतोषजनक अवस्थामा नै पु¥याएको उनको तर्क छ ।
उनले चालु आर्थिक वर्षमा सरेर आएका मुद्दालाई समय मै फर्छयौट गर्न विभिन्न कार्ययोजना बनाएको जानकारी समेत दिए ।
न्यायीक गतीवीधी सरल सहज र व्यवस्थीत बनाउन अदालत परिसरमै सुचना तथा सहयोग कक्षको स्थापना र विचौलिया प्रवेश निषेध लगायतका अदालत प्रशासन र न्याय प्रणालीमा सुधारका लागी पनि विभिन्न कार्ययोजना तयार पारिएको अदालतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ