News Category 2079/04/16
अशक्तलाई घर घरमै पुगी ह्वीलचेयर बाँड्दै सुनिता

दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
राजविराज ७ निवासी सुनिता साह अहिले शारिरीक रुपमा अशक्त भई कष्टकर जीवन विताउन बाध्य भएकाहरुका लागी ह्वीलचेयर वितरण अभियानमा लागेकी छिन् ।
विगत तीन दिन देखी ह्वीलचेयर वितरण गर्दै आएकी उनले यस अवधीमा २४ जना अपाङ्गता भएकाहरुलाई ह्वीलचेयर वितरण गरीसकेकी छिन ।
विपन्न वस्तीमा घर घर पुगेर अपाङ्गता भएकाहरुको पहिचान गर्दै लगत संकलन गर्ने र त्यस पछि उनीहरुका लागी ह्वीलचेयर दिदै आएकी छिन् ।
उक्त ह्वीलचेयरका लागी राजविराज निवासी समाजसेवी संजय दुवे, राजेश गुप्ता, राजगढ गाउँपालिका निवासी सत्य नारायण यादव र विदेशी नागरीक ताइवानका जोन म्याकिन्लेले सहयोग गरेको उनले जानकारी दिइन् ।
अधिकार तथा समाजसेवा क्षेत्रमा क्रियाशिल साह राष्ट्रिय एकता अभियानका केन्द्रीय उपाध्यक्ष समेत हुन । उनले यस अघि पनि सैनिक श्रीमती संघबाट सहयोग जुटाई शारिरीक रुपमा अशक्त भई कष्टकर जीवन विताइरहेका २४ जनालाई ह्वीलचेयर वितरण गरीसकेकी छिन् ।
आफ्नो नीजी खर्च मै अपाङ्गता भएकाहरुको पहिचान र लगत संकलन गर्ने कार्यमा खटिने गरेकी साह जिल्लाको सबै १८ वटै पालिकामा पुगी थप गरिब विपन्न समुदायका अशक्तको पहिचान गरी विभिन्न दाताबाट सहयोग जुटाई ह्वीलचेयर वितरण गर्ने बताएकी छिन ।
अपाङ्गता भएको ब्यक्तीको लगत संकलन गर्न जाँदा अभियानकी जिल्ला संयोजक सुनिता चौधरी तथा सल्लाहकार सागरबिर कडारीले पनि निकै सहयोग गर्ने गरेको उनले सुनाईन ।
राष्ट्रिय एकता अभियान मार्फत समन्वय गरी विभिन्न दाताबाट सहयोग जुटाई उनले हाल सम्म जिल्लाका २ सय ६५ भन्दा बढी अशक्तलाई ह्वीलचेयर वितरण गरिसकेकी छिन् । उनले कोरोना, आगलागी, सितलहर, बाढी लगायतका माहामारी र विपदबाट पिडीत भएका विपन्न परिवारका लागी समेत लिएर राहत वितरण गर्दै आएकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ