News Category 2079/04/16
अशक्तलाई घर घरमै पुगी ह्वीलचेयर बाँड्दै सुनिता
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
राजविराज ७ निवासी सुनिता साह अहिले शारिरीक रुपमा अशक्त भई कष्टकर जीवन विताउन बाध्य भएकाहरुका लागी ह्वीलचेयर वितरण अभियानमा लागेकी छिन् ।
विगत तीन दिन देखी ह्वीलचेयर वितरण गर्दै आएकी उनले यस अवधीमा २४ जना अपाङ्गता भएकाहरुलाई ह्वीलचेयर वितरण गरीसकेकी छिन ।
विपन्न वस्तीमा घर घर पुगेर अपाङ्गता भएकाहरुको पहिचान गर्दै लगत संकलन गर्ने र त्यस पछि उनीहरुका लागी ह्वीलचेयर दिदै आएकी छिन् ।
उक्त ह्वीलचेयरका लागी राजविराज निवासी समाजसेवी संजय दुवे, राजेश गुप्ता, राजगढ गाउँपालिका निवासी सत्य नारायण यादव र विदेशी नागरीक ताइवानका जोन म्याकिन्लेले सहयोग गरेको उनले जानकारी दिइन् ।
अधिकार तथा समाजसेवा क्षेत्रमा क्रियाशिल साह राष्ट्रिय एकता अभियानका केन्द्रीय उपाध्यक्ष समेत हुन । उनले यस अघि पनि सैनिक श्रीमती संघबाट सहयोग जुटाई शारिरीक रुपमा अशक्त भई कष्टकर जीवन विताइरहेका २४ जनालाई ह्वीलचेयर वितरण गरीसकेकी छिन् ।
आफ्नो नीजी खर्च मै अपाङ्गता भएकाहरुको पहिचान र लगत संकलन गर्ने कार्यमा खटिने गरेकी साह जिल्लाको सबै १८ वटै पालिकामा पुगी थप गरिब विपन्न समुदायका अशक्तको पहिचान गरी विभिन्न दाताबाट सहयोग जुटाई ह्वीलचेयर वितरण गर्ने बताएकी छिन ।
अपाङ्गता भएको ब्यक्तीको लगत संकलन गर्न जाँदा अभियानकी जिल्ला संयोजक सुनिता चौधरी तथा सल्लाहकार सागरबिर कडारीले पनि निकै सहयोग गर्ने गरेको उनले सुनाईन ।
राष्ट्रिय एकता अभियान मार्फत समन्वय गरी विभिन्न दाताबाट सहयोग जुटाई उनले हाल सम्म जिल्लाका २ सय ६५ भन्दा बढी अशक्तलाई ह्वीलचेयर वितरण गरिसकेकी छिन् । उनले कोरोना, आगलागी, सितलहर, बाढी लगायतका माहामारी र विपदबाट पिडीत भएका विपन्न परिवारका लागी समेत लिएर राहत वितरण गर्दै आएकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ