News Category 2079/04/19
सप्तरीमा बाढीको अवस्था नियन्त्रणमा ः प्रजिअ गौतम

दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीमा बाढीको अवस्था नियन्त्रणमा रहेको बताएका छन् । बाढीको बारेमा कोशी तटीय क्षेत्र आपसापका बासिन्दामा त्रासको वातावरण रहेपनि पानीको सतह घट्दै गएका कारण आतिहाल्नु पर्ने अवस्था नरहेको उनको भनाई छ ।
बिहीबार संचारकर्मीसँगको कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, “बुधबारको तुलनामा बिहीबार कोशीको पानी घट्दै गएको छ, आतिने अवस्था छैन् ।” उनले हालसम्म कोशीमा पानीको सतह बढ्दा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १३ गोबरगाढामा एक सामुदायिक भवन र एक विद्यालयमा कटान गर्ने बाहेक जिल्लामा अन्य कतै कुनै प्रकारको क्षति नभएको बताएका छन् ।
उदयपुरको बेलका नगरपालिकामा अघिल्लो दिन अस्थायी बाँध कटान गरेर कोशीको पानी पसेपछि सम्भावित जोखिमलाई मधयनजर गरि जोखिम क्षेत्र मानिएको सप्तरीको कंचनरुप, सप्तकोशी र हनुमाननगर कंकालिन नगरपालिकाको विभिन्न वडाको स्थलगत अनुगमन गरेर आफूहरु फर्केको जानकारी दिँदै प्रजिअ गौतमले गोबरगाढाका बासिन्दाहरु पनि सबै सुरक्षित अवस्थामा रहेको बताए छ ।
छिमेकी जिल्ला उदयपुरमा आएको बाढीलाई लक्षित गरि सप्तरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिने उपाय अवलम्बनका लागि उनले आग्रह पनि गरे । सुरक्षित स्थानमा बस्न तथा सप्तकोशीमा माछा मार्न, दाउरा संकलन गर्न र नुहाउन लगायतका काम हाल नगर्न प्रशासनले आग्रह गरेको हो ।
छिमेकी जिल्ला उदयपुरमा कोशीको बाढीले अस्थायी बाँध भत्काएपछि सप्तरीमा पर्नसक्ने असर र सम्भावित जोखिमपूर्ण क्षेत्रमा नियन्त्रण र व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ