News Category 2079/04/19
१३ महिनामा २ बालकसहित १५ को मृत्यु
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीमा गत आर्थिक वर्ष र चालु आवको साउन महिनाको १९ गतेसम्म करेन्ट लागेर २ बालकसहित १५ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा करेन्ट लागेका ४० वटा घटना भएका छन् । जसमध्ये चार महिला, दुई बालक र ६ पुरुष गरि १२ जनाको मृत्यु भएको छ ।
यस घटनामा मृत्यु हुनेहरु अधिकांश पानी तान्ने मोटरमा करेन्ट लागेर ज्यान गुमाउने छन् । आर्थिक वर्षको पहिलो महिनामै थप तीन जनाको पनि पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर ज्यान गएको छ ।
यसैबीच घरमै रहेको ट्युवेलमा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर सप्तरीको कञ्चनरुप नगरपालिका ६ घोघनपुरकी २० वर्षिया अन्जली सरदार र उनका ४२ वर्षिय काका ससुरा सौदानन्दको बुधबार साँझ ज्यान गएको छ । अन्जली सात महिनाकी गर्भवति समेत रहेकी थिइन् ।
यस्तै अघिल्लो दिन मंगलबार पनि सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरका ५६ वर्षिय शिवशंकर साहको आंगनमा रहेको टेयुवेलमा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लले पछिल्लो दुइ दिनमा मात्रै करेन्ट लागेर तीन जनाको ज्यान जानु असावधानीको परिणाम भएको बताएका छन् । ट्युवेलमा मोटर जोडेर पानी तान्ने क्रममा अपनाउनु पर्ने सावधानी नअपनाउदा यस्तो दुःखद घटना दोहोरीने गरेको स्थानीयहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ