News Category 2079/04/19
१३ महिनामा २ बालकसहित १५ को मृत्यु

दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीमा गत आर्थिक वर्ष र चालु आवको साउन महिनाको १९ गतेसम्म करेन्ट लागेर २ बालकसहित १५ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा करेन्ट लागेका ४० वटा घटना भएका छन् । जसमध्ये चार महिला, दुई बालक र ६ पुरुष गरि १२ जनाको मृत्यु भएको छ ।
यस घटनामा मृत्यु हुनेहरु अधिकांश पानी तान्ने मोटरमा करेन्ट लागेर ज्यान गुमाउने छन् । आर्थिक वर्षको पहिलो महिनामै थप तीन जनाको पनि पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर ज्यान गएको छ ।
यसैबीच घरमै रहेको ट्युवेलमा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर सप्तरीको कञ्चनरुप नगरपालिका ६ घोघनपुरकी २० वर्षिया अन्जली सरदार र उनका ४२ वर्षिय काका ससुरा सौदानन्दको बुधबार साँझ ज्यान गएको छ । अन्जली सात महिनाकी गर्भवति समेत रहेकी थिइन् ।
यस्तै अघिल्लो दिन मंगलबार पनि सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरका ५६ वर्षिय शिवशंकर साहको आंगनमा रहेको टेयुवेलमा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लले पछिल्लो दुइ दिनमा मात्रै करेन्ट लागेर तीन जनाको ज्यान जानु असावधानीको परिणाम भएको बताएका छन् । ट्युवेलमा मोटर जोडेर पानी तान्ने क्रममा अपनाउनु पर्ने सावधानी नअपनाउदा यस्तो दुःखद घटना दोहोरीने गरेको स्थानीयहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ