News Category 2079/04/20
ज्वेलर्स पसलबाट गरगहना चोरी गर्ने दुई जना पक्राउ

दैनिक समाचारदाता
राजविराज, २० साउन ।
सुन चाँदी पसलको सटरको ताल्चा तोडेर चोरी गरेका गरगहनासहित दुई चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको बादेबरसाईन नगरपालिकाको व्यस्त बजारमा रहेको रुपेश ज्वेलर्सको सटरको ताल्चा तोडेर सुन चाँदीको गरगहना चोरी गरि फरार भएका सप्तरीको खडक नगरपालिका ५ बस्ने १९ वर्षिय उपेन्द्र मण्डल र २४ वर्षिय जयराम मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट सुनको औठी एक, तिलहरी एक, फुली एक र चाँदीका पाउजु ११ जोड, बिच्छि १३, ब्रासलेट ६, राखी ६, पोते जडान ३ र एक हजार ८ सय ५० रुँपैया नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज वडा नं. ८ स्थित टेम्पो स्टेन्डबाट बिहीबार साँझ चोरीका सामानसहित पक्राउ परेका उनीहरुलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट चोरी कसुर मुद्दामा अनुसन्धानका लागि म्याद थप गराइएको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
ज्वेलरी पसलका संचालक राजेश कुमार मिझारका अनुसार बुधबार मध्य रात चोरले सटरको ताल्चा फुटाई उक्त गरगहनाहरु चोरी गरेर लगेका थिए । बिहीबार बिहान पसल पुग्दा चोरी भएको थाहा पाएका उनले तत्कालै प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय कडोरबोना र इलाका प्रहरी कार्यालय बादेबरसाइनबाट खटेको संयुक्त प्रहरीको टोलीले खोजतलासका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ