News Category 2079/04/20
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ

दैनिक समाचारदाता
राजविराज, २० साउन ।
सप्तरी जिल्लामा लागु औषध सेवनकर्ता र कारोबारीको संख्या बढ्दै गएको छ । एक वर्षको अवधीमा लागु औषध कारोबार तथा सेवन गर्ने कसुरमा १ सय ४१ जना पक्राउ परेका छन भने सो कार्यमा संलग्न ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका १ सय ४१ जनाका साथबाट प्रहरीले २ सय ४० ग्राम ब्राउन सुगरसहित ६ हजार २ सय ५७ नाइट्रोभेट, ६ सय ६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्यावलेट बरामद गरिएको छ ।
यस्तै फेराएगन एम्पुल १ हजार २ सय २९, नोफिन ७ सय ८८, डाइजिल्याब २ सय १४ एम्पुल, डाइजेफाम १ हजार २ सय ९४ एम्पुृल, प्रोमोथाइजिन ९६, डाइलेन्स डिसी ४ सय १६ बोतल, स्पास्मोप्रोसमिटन १ हजार २ सय ७ र लिजेसिक एम्पुल ४ सय २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यसअघि आर्थिक वर्ष २०७७÷०७८ मा लागु औषध कारोबार तथा सेवनतर्फ १ सय ५३ जना पक्राउ परेका थिए ।
लागू औषधको कारोबार र कुलतमा अधिकाँश युवाहरु नै संलग्न रहेको पाइएकोले सीमा नाकाको क्षेत्रमा निगरानी बढाइनुका साथै सचेतनाका विभिन्न कार्यक्रम अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै नेपाल भारत खुला सिमाना र उचित शिक्षा तथा अभिभावकको निगरानीको अभावले लागू औषधको कुलतमा युवाहरु फसेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ