News Category 2079/04/21
माँ वैष्णवी काली सेवा समितिको साधारण सभा सम्पन्न
राजविराज÷राजविराज वडा नं. ३ स्थित माँ वैष्णवी काली सेवा समितिको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
समितिका सदस्य अशोक कर्णले बि.स. २०५८ सालमा स्थापना भएको समितिले मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि विशेष भूमिका खेलेर राजविराज नगरपालिकाबाट सो जग्गा मन्दिरको नाममा गर्न सफल भएको जानकारी दिएका छन् । उनले आउँदो दिनमा मन्दिरलाई अझै व्यवस्थित र त्यहा सन्ध्याकालिन आरतीको व्यवस्थाका लागि तयारीमा जुटेको समेत बताए ।
समितिका अध्यक्ष मनोज कुमार मुन्धडाको अध्यक्षता, जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष एवं समाजसेवी गोबिन्द सिंहको प्रमुख आतिथ्य तथा पूर्व गृहराज्य मन्त्री एवं समितिका सदस्य रामकुमार चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न साधारण सभामा समितिलाई अझ क्रियाशिल बनाएर वैष्णवी काली मन्दिरलाई व्यवस्थित गर्नेमा वक्ताहरुले जोड दिए ।
आयोजित कार्यक्रममा मधेश प्रदेश कृषि विश्वविद्यालयका उपकुलपति बैधनाथ महतो, विश्वविद्यालयका रजिष्टार भगवान ठाकुर, संचारकर्मी बैजनाथ झा, अरुण प्रधान, वाड नं. ३ का कावा अध्यक्ष शान्तिदेवी चौधरी लगायतका वक्ताहरुले मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ