News Category 2079/04/21
ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा
राजविराज÷नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार प्रसार विभाग प्रमुख जगरनाथ खतिवडाले नेकपा एमालेलाई छाडेर नेकपा एकीकृत समाजवादी गठन हुनुको मुख्य कारक तत्व केपी ओली भएको बताएका छन् ।
शनिबार राजविराजमा समाजवादी प्रेस संगठन नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले केपी ओलीको स्वेच्छाचारी व्यवहार र कार्यशैलीका कारण उक्त पार्टीमा विभाजन भई नेकपा एकीकृत समाजवादीको उदय भएको बताए ।
उनले भने, “एमाले विभाजनलाई इमान्दार साथीहरुको बिद्रोहको रुपमा लिनुपर्छ ।” उनले आफ्नो पार्टी बेइमानहरु बिरुद्ध संघर्ष गर्ने पार्टी भएको बताउँदै आफ्ना नेता कार्यकर्तालाई इमान्दार भएर अघि बढ्न सुझाव पनि दिए ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई इमान्दारीका साथ जनताको मन जित्ने काममा लाग्न उनले आग्रह समेत गरे ।
कार्यक्रममा हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीको तर्फबाट विभिन्न स्थानिय तहमा निर्वाचित भएकाहरुलाई प्रमुख अतिथि खतिवडाले कदरपत्रबाट सम्मान गरे ।
समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिल पोखरेलको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, जिल्ला इन्जार्च एवं केन्द्रिय सदस्य गोबिन्द न्यौपाने, मधेश प्रदेशका सहइन्चार्ज रामप्रित पासवान, बुद्धिजीवी परिषदका सचिवालय सदस्य नथुनी दास, परिषदका जिल्ला अध्यक्ष अनिल अनल, सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, संगठनका केन्द्रिय उपाध्यक्ष प्रकाश खतिवडा, अवकाशप्राप्त शिक्षिका मञ्जु श्रेष्ठ, शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्तालगायतले शुभकामना दिए ।
शनिबारै सम्पन्न प्रेस संगठनको बन्द सत्रले पुनः अनिल पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ