News Category 2079/04/23
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरी खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि सोमवार भुमिपुजन गरि अस्पतालको शिलान्यास गरिएको छ ।
खडक नगरपालिकाको वडा नं. ८ भदियामा उक्त अस्पताल निर्माण हुने भएको हो । खडक नगरपालिका र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौ बीच २०७९ असार १५ मा सम्झौता भएको थियो । उक्त कन्स्ट्रक्सनले २१ करोड २९ लाख ४ हजार १ सय ९ रुपैया १ पैसामा निर्माण कार्यका लागि सम्झौता गरेको छ ।
अस्पताल शिलान्यासपछि खडक नगरपालिका मेयर जयप्रकाश चौधरीले नगरपालिका जनतामा स्वास्थ्य उपचारमा सहजाता हुने दावी गर्दै जनताको स्वस्थ बनाउन सकेमात्र स्वस्थ समाजको कल्पना सार्थक हुने बताए ।
सो अवसरमा उपमेयर रिता कुमारी चौधरी, प्रमुख प्रशाकिय अधिकृत कुन्दन कर्ण, वडा नं. ५ अध्यक्ष बिजय साह, पूर्व मेयर हेमायु हक लगायत स्थानीय राजनीतिक दल तथा स्थानियहरुको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ