News Category 2079/04/24
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
युवा तथा किशोरकिशोरी मैत्री स्थानीय शासन सम्बन्धी सम्पन्न तीन दिने तालिमबाट सात बुँदे घोषणापत्र जारि गरिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका मेयर ललन प्रसाद गुप्तालाई तालिममा सहभागिहरुबीच छलफल पश्चात् तयार पारिएको ७ बुँदे घोषणापत्र बुझाउदै तालिम सम्पन्न भएको हो ।
तालिममा युवाहरूले युवा तथा किशोरकिशोरी मैत्री स्थानीय शासन प्रबद्र्धधन कसरी गर्ने भन्ने बारेमा सिकेका थिए । तालिमका लागि प्रत्येक प्रदेशबाट एउटा स्थानीय तह छनोट गर्ने कार्यक्रम बमोजिम मधेश प्रदेशबाट कञ्चनरूप नगरपालिका छनोट भएको हो ।
कञ्चनरूप नगरपालिकामा आयोजना भएको उक्त तालिमको उद्घाटन र समापन कार्यक्रममा नगरपालिकाका मेयर ललनप्रसाद गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकान्त, कार्यपालिका सदस्य, वडा अध्यक्ष, विषयगत समिति, सवालगत संरचना, अपाङ्ग, किशोरी, युवा उद्यमी, कृषक, निजी क्षेत्र, नागरिक संघ संस्था, बाल क्लबका पूर्व सदस्य, सञ्चारकर्मी युवा, अधिकारकर्मी लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरूले कञ्चनरूप नगरपालिकालाई युवामैत्री स्थानीय तहका रुपमा अवलम्बन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्ययोजना तयार गर्दै सबै सहभागीहरूले आआफ्नो व्यक्तिगत र संस्थागत रुपमा योगदान पुर्याउँदै युवामैत्री कञ्चनरूप नगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गर्दै घोषणापत्रमा उल्लेख बुँदाहरू कार्यन्वयनका लागी सबै क्षेत्रका सरोकारवालाबाट सहयोगको लागी अपेक्षा गरिएको छ ।
देशका ७ सय ५३ वटै स्थानीय तहहरुमा युवामैत्री स्थानीय शासनलाई अवलम्बन, कार्यान्वयन र घोषणाले नीति, निर्माण र कार्यान्वयनमा युवाहरूको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास, विशेष वर्ग, यौनीक तथा लैङ्गिक अल्पसङख्यक तथा अन्य सिमान्तकृत समुदायका युवाहरुका सवालहरुको प्राथमिकता लगायतका युवासँग सम्बन्धित साझा सवालहरुको युवाहरु कै नेतृत्वको साथ सम्वोधन गर्न सहयोग पुग्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ