News Category 2079/04/24
साइकलबाट बाबा धामका यात्रा
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
सप्तरीबाट २२ जनाको टोली साइकलबाटै भारतको झारखण्ड राज्यस्थित प्रसिद्ध मन्दिर देवघर (बाबा धाम) को धार्मिक यात्राका लागि मंगलबार प्रस्थान गरेका छन् ।
मैथिली भाषा, कला र संस्कृतीको प्रचार प्रसार तथा संरक्षणका विषयमा सन्देश दिने उद्देश्यले छिन्नमस्ता गाउँपालिकास्थित भोलाबाबा र छिन्नमस्ता भगवती मन्दिर तथा राजविराजस्थित राजदेवी मन्दिरमा समेत पुजापाठ गरी ३ सय ३८ किलो मिटरको बाबाधाम यात्राका लागी प्रस्थान गरेका हुन ।
साइकल यात्रीको उक्त टोलीमा १६ वर्षिय किशोर सरोज रामदेखी ७२ वर्षिय बृद्ध नारायण यादव सम्म सहभागी छन् । मिथिला बोलबम अभियानमा निस्केको साइकल यात्रुको टोली १० दिनमा भारत बिहार राज्यको झारखण्डस्थित प्रसिद्ध देवघर मन्दिरमा पुग्ने अनुमान गरिएको अभियानकी आयोजक मिथिला साहित्य कला प्रतिष्ठान सप्तरीकी अध्यक्ष रमिला साहले बताइन । साइकल यात्रामा सहभागी प्रतिष्ठानका सहसचिव सुभाष विरपुरियाले दैनिक ४० देखी ४५ किलोमिटरका दरले बाटो तय गर्ने बताए । यात्राका क्रममा ठाउँ ठाउमा मैथिली भाषा, कला, संस्कृती र साहित्य बारे जनजागरणका कार्यक्रम पनि गर्ने उनले बताए ।
उक्त अभियानको प्रायोजक काठमाण्डौस्थित लक्की ज्वेलर्स रहेका छन भने छिन्नमस्ता गाउपालिकाले समन्वय गरेको उनले बताए ।
साइकल यात्रामा निस्केका यात्रीहरुका लागी प्रतिष्ठानकी अध्यक्ष साह, वडाअध्यक्ष ललन प्रसाद यादव, समाजसेवी फुलो देवी यादव लगायतले बोलबम पोशाक, प्राथमिक स्वास्थ्य उपचारका लागी औषधी लगायतका समाग्री उपलब्ध गराएका छन् ।
राजदेवी मन्दिरबाट साइकल यात्रामा निक्केका टोलीलाइ प्रतिष्ठानकी अध्यक्ष साह, मैथिली साहित्य परिषदका पुर्व अध्यक्ष देवेन्द्र मिश्र लगायतले विदाई गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ