News Category 2079/04/25
मिटरब्याजी साहबाट पीडित परिवारद्वारा प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
सप्तरीका मिटरब्याजी रामदेव साह तेलीबाट पीडितहरूले बुधबार पुनः राजविराजमा प्रदर्शन गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलास आगाडी धर्ना दिएका छन् ।
मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितहरुको ¥यालीले नाराबाजी गर्दै बजार परिक्रमा गरेर उच्च अदालत जनकपुर, राजविराज इजलास आगाडी धर्नासहित प्रदर्शन गरेका थिए ।
ठगी तथा अपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त मानिएका रामदेव साह भने अझैं फरार छन् ।
यसअघि जिल्ला अदालत सप्तरीका न्यायाधिश सुर्यनाथ प्रकाश अधिकारीको इजलासले गत असार २३ गते ठगी तथा आपराधिक विश्वासघात मुद्दामा मिटरब्याजी साहका छोरा छोरी जिल्लाको खडक नगरपालिका ७ कल्याणपुर निवासी नन्दकिशोर साह र अनुराधा साहलाई कारागार चलान गरिसकेको छ ।
साह परिवारमाथि जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र व्याज चुक्ता गरिसकेपनि धिँतो फिर्ता नगरेको आरोप छ । पीडितहरुको उजुरीको आधारमा उनीहरु उपर ठगी तथा अपराधिक विश्वासघात मुद्दा चलाइएको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ