News Category 2079/04/26
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरीका ११ वटा मतदान केन्द्रलाई टुक्राएर अर्को मतदान केन्द्र थप्ने सिफारिस गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश कुमार जोशीका अनुसार जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले उक्त सिफारिस गरेको हो । उनले टुक्रयाउने सिफारिस गरिएका केन्द्रहरुमा मतदाताको संख्या बढी, मतदातालाई पायक नभएको, सानो ठाउँ भएको लगायतका कारणले सिफारिसले गरिएको बताए ।
निर्वाचन अधिकारी जोशीले समितिको बसेको बैठकले जिल्लाका ३ वटा मतदान स्थललाई गाभ्ने र ६ वटालाई नयाँ स्थानमा सार्ने सिफारिस समेत गरिएको जानकारी दिए ।
समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनीतिक दल, स्थलगत अवलोकन, निरिक्षण तथा स्थानियहरुको सुझावको आधारमा निर्वाचन आयोगलाई उक्त सिफारिस गरिएको समितिका सदस्य सचिव रहेका निर्वाचन अधिकारी जोशीले बताए ।
गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा जिल्लामा ५ सय ३६ मतदान केन्द्र र २ सय ९७ मतदान स्थल तोकिएको थियो ।
यस्तै असार १ गतेदेखी साउन १९ गतेसम्म सप्तरीमा थप ९ हजार १ सय १४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकारी जोशीका अनुसार सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुने घोषणा गरेपछि साउन १९ गते साँझ ५ बजेसम्म उक्त संख्यामा मतदाता नामावली दर्ता भएको हो ।
दर्ता गराएका मध्येबाट ४ हजार ८ सय ३९ जना पुरुष र ४ हजार २ सय ७५ जना महिला छन् । दर्ता गरिएका सबै नामावलीहरु हाल रुजु गर्ने कार्य भइरहेको उनले बताए । निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने जोशीको भनाइ छ ।
त्यस्तै निर्वाचन अयोगले अद्यावधीक गर्न दिएको समयभित्र जिल्लामा ३ सय १६ जनाको निवदेन परेको छ । मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, झुठा विवरणको विरोधमा उजुरी दिन, दोहोरो नामावली हटाउन, मृत्यु भएकाको नाम हटाउन, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भए पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिएको हो ।
सप्तरीमा गत बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र २१ जना अन्य गरि ४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ