News Category 2079/04/29
हरवा चरवाहरुको पुर्नस्थापनाका लागि मापदण्ड तयार पार्न सुझाव

दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
मुक्त हरवा चरवाको सवालमा तथा पुर्नस्थापना विषयमा जिल्लास्तरिय सरोकारवाला निकायसँग आइतबार अन्तरक्रिया सम्पन्न भएको छ ।
द फ्रिडम फोरमको सहयोग तथा श्रीपूर्राज सामुदायिक विकाश केन्द्रको आयोजनामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले मुक्त हरवा चरवाहरुको पुर्नस्थापनाका लागि मापदण्ड तयार गरेर बास्तविक तथ्याङक सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।
हरवा चरवाहरुको मुक्तिका लागि गरिएको संघर्षकै कारण उनीहरुले मुक्ति पाएको स्मरण गराउँदै वक्ताहरुले पुर्नस्थापनाका लागि एउटा ठोस मापदण्डको खाका तयार गर्नुपर्ने सुझाव समेत दिए ।
राष्ट्रिय भूमि आयोगका सप्तरी अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा जिल्ला समन्वय समिति सप्तरीका उपाध्यक्ष शम्भुकुमार यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत चिरन्जिवि गिरी, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष दशन मण्डल, दलित मुक्ति मोर्चाका संयोजक बद्री सदा, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेकपा माओवादी केन्द्रका भागवत यादव, बार एशोसिएशनका केशव बहादुर खंग, गैसस महासंघका अध्यक्ष बलदेव मण्डल, नेपाल पत्रकार महासंघका सभापति श्रवण कुमार देव लगायतले हरवा चरवाको पुर्नस्थापनाका लागि विभिन्न सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ