News Category 2079/04/30
नागरिकता विधेयक फिर्तापछि लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
आइतबार साँझ राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गरिएपछि मधेशी जनताको भावनामाथी कुठाराघात गरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ ।
नागरिकता विधेयक फिर्ता गरेर मधेशी बिरोधी राष्ट्रपति भन्दै पार्टीका नेता कार्यकर्ताहरुले स्थानिय पार्टी कार्यालयबाट जुलुस निकालेर बजार क्षेत्रमा प्रदर्शन गरेका थिए ।
उनीहरुले सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता होइन, प्रमाणिकरण गर, असंवैधानिक कदम फिर्ता ले लगायतका नाराबाजी गर्दै जुलुस बजार क्षेत्र परिक्रमा पश्चात् बिरोधसभामा परिणत भएको थियो ।
सो बिरोधसभामा सार्वभौम संसदले गरेको निर्णय नमानेर राष्ट्रपतिले गम्भिर भूल गरेको भन्दै असंबैधानिक कदम नसच्याए राष्ट्रपति बिरुद्ध आन्दोलन चर्काउने वक्ताहरुले चेतावनी दिएका थिए ।
लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, केन्द्रिय नेता जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी, शैलेश चौधरी, अमरकान्त झा, महिला नेतृ पुनम यादव लगायतले बिरोध सभालाई सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ