News Category 2079/05/01
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु
दैनिक समाचारदाता
राजविराज, १ भदौ ।
राजविराज नगरपालिका ७ निवासी ६२ वर्षिय एक पुरुषको घरमा चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु भएको छ । स्थानिय लक्षमण शर्माको बुधबार बिहान यसरी मृत्यु भएको हो ।
उनको घर तथा आगँनको दक्षिण पट्टी रहेको भाई जोगेन्द्रको घरमा समेत मंगलवार मध्यरातमा चोरी भएको थियो । प्रहरीका अनुसार लक्षमणको घरबाट १ थान मोवाईल र नगद ५ हजार तथा उनको भाई जोगेन्द्रको घरबाट १२ हजार नगद र अन्य सरसमान गरी १ लाख २ हजारको धनमाल चोरी भएको हो । भाई जोगेन्द्र सपरिवार अघिल्लो दिन मंगलवार मात्र काम विषेशले विराटनगर गएका थिए ।
घरमा कोही नभएको मौका छोपी समान चोरी भएको थाहा पाएपछि आगंनमै बेहोश भएका उनलाई तत्कालै उपचारका लागी स्थानीय गजेन्द्र नारयाण सिह अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएको पाँच मिनेट भित्रै उनको मृत्यु भएको थियो । उपचारमा संलग्न चिकित्सकले मृत्युको कारण हृदयघात भएको बताएका छन् । शर्माको बुधवार नै घरमा आवश्यक विधी प्रक्रिया पुरा गरी अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
गर्मीका कारण झ्याल खोलेर सुतेका बेला चोरले बाहिरैबाट अंकुशे लगाएर उनको मोवाईल र पाइन्टमा राखिएको ५ हजार रुपैया (पाइन्ट सहित) चोरेका थिए । सोही आंगनको दक्षिण पट्टी रहेको उनका भाई जोगेन्द्रको घरको झयाल ढोका समेत फोडेर १ लाख २ हजार मुल्य बराबरको समान चोरी भएको कुरा उनले विहान उठेपछि मात्र थाहा पाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले चोरीमा संलग्न चोरको खोजी कार्य भईरहेको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ