News Category 2079/05/03
कृष्णाष्टमीमा भक्तजनको चहलपहल
दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
ग्रामिण तथा शहरी क्षेत्रमा भगवान श्री कृष्णका कलात्मक मुर्ती निर्माण गरी पुजापाठ गर्न भक्तजन लागेका छन् ।
गत वर्ष कृष्णाष्टमी कोरोना महामारीको उच्च जोखिममा रहेका वेला खल्लो भएको कृष्णाष्टमी यस पाटक जोखिम केही कम भएकाले गाउँका बालबालिका देखि युवा र बृद्धबृद्धाहरुमा पनि कृष्णाष्टमीको उत्साह देखिएको छ ।
ग्रामिण क्षेत्रमा अवस्थित विभिन्न कृष्ण मन्दिर तथा टोल टोलमा युवाहरुद्वारा गठित कृष्ण पुजा समितीद्वारा कलात्मक मुर्ती निर्माण गरी बनाइएको पुजास्थलमा विहानैदेखी दर्शनार्थीको भीड लागेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका युवाहरुले यस अवसरमा मटकाफोड कार्यक्रमको आयोजना गरेको छ भने सदरमुकाम राजविराज ७ स्थित प्रसिद्ध राधाकृष्ण मन्दिर परिसरमा दर्शनार्थीको विहानै देखी घुँइचो लागेको मन्दिर समितीका उपाध्यक्ष विन्देश्वर प्रसाद साह (विन्दी) ले बताए ।
विगतमा श्रीकृष्णाष्टमी पर्वका दिन यस मन्दिरमा आउने दर्शनार्थीका लागी मनोरंजन दिन स्थानीय राजकला कुञ्ज, शारदा कला भवन र बिजय नाट्य कला भवनद्वारा नाटक समेत मञ्चन हुने गरेकोमा केही वर्ष यता कोरोना लगायत विभिन्न कारणले त्यस्तो कार्यक्रम रोकिए पनि धार्मिक प्रवचन र भजन सन्ध्या लगायतका धार्मिक कार्यक्रम दुई दिनसम्म आयोजना गरिने उपाध्यक्ष साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ