News Category 2079/05/03
कृष्णाष्टमीमा भक्तजनको चहलपहल
दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
ग्रामिण तथा शहरी क्षेत्रमा भगवान श्री कृष्णका कलात्मक मुर्ती निर्माण गरी पुजापाठ गर्न भक्तजन लागेका छन् ।
गत वर्ष कृष्णाष्टमी कोरोना महामारीको उच्च जोखिममा रहेका वेला खल्लो भएको कृष्णाष्टमी यस पाटक जोखिम केही कम भएकाले गाउँका बालबालिका देखि युवा र बृद्धबृद्धाहरुमा पनि कृष्णाष्टमीको उत्साह देखिएको छ ।
ग्रामिण क्षेत्रमा अवस्थित विभिन्न कृष्ण मन्दिर तथा टोल टोलमा युवाहरुद्वारा गठित कृष्ण पुजा समितीद्वारा कलात्मक मुर्ती निर्माण गरी बनाइएको पुजास्थलमा विहानैदेखी दर्शनार्थीको भीड लागेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका युवाहरुले यस अवसरमा मटकाफोड कार्यक्रमको आयोजना गरेको छ भने सदरमुकाम राजविराज ७ स्थित प्रसिद्ध राधाकृष्ण मन्दिर परिसरमा दर्शनार्थीको विहानै देखी घुँइचो लागेको मन्दिर समितीका उपाध्यक्ष विन्देश्वर प्रसाद साह (विन्दी) ले बताए ।
विगतमा श्रीकृष्णाष्टमी पर्वका दिन यस मन्दिरमा आउने दर्शनार्थीका लागी मनोरंजन दिन स्थानीय राजकला कुञ्ज, शारदा कला भवन र बिजय नाट्य कला भवनद्वारा नाटक समेत मञ्चन हुने गरेकोमा केही वर्ष यता कोरोना लगायत विभिन्न कारणले त्यस्तो कार्यक्रम रोकिए पनि धार्मिक प्रवचन र भजन सन्ध्या लगायतका धार्मिक कार्यक्रम दुई दिनसम्म आयोजना गरिने उपाध्यक्ष साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ