News Category 2079/05/03
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
सप्तरीमा छुट्टाछुट्टै भएको घट्नामा एक महिलासहित दुई जनाको ज्यान गएको छ ।
जिल्लाको बोदेबर्साइन नगरपालिका ३ वस्ने राम नरेश यादव र राजविराज नगरपालिका ९ वस्ने अनुराधा मेहताको छुट्टाछुट्टै घट्नामा ज्यान गएको हो ।
प्रहरीका अनुसार आफ्नै घरको टेवल पंखामा करेन्ट लागेर विहीवार साँझ १८ वर्षिय यादवको मृत्यु भएको छ । पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागी सदरमुकाम राजविराज स्थित छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेका थिए ।
यस्तै ६ दिन अघि मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाईते भएकी ४० वर्षिया मेहताको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा विहीवार राती उपचारको क्रममा मृत्यु भएको छ । उनी सवार मोटरसाइकल गत साउन २७ गते हनुमाननगर कंकालिनी नगरपालिका ५ जोगिनीयास्थित बाँधको बाटोमा दुर्घटनामा परेको थियो ।
मृतक दुबै जनाको शवको शुक्रवार गजेन्द्र नारायण सिह अस्पताल मै पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइ घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ