News Category 2079/05/05
नुहाउने तथा पंखा चलाउने क्रममा करेन्ट लागेर किशोर किशोरीको मृत्यु
राजविराज÷विद्युतीय मोटर जडान गरिएको ट्युवेलमा नुहाउँदै गरेको अवस्था शनिबार दिउँसो करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ ।
पानी तान्ने मोटर जडान भएको ट्युवेलमा करेन्ट लागेर सप्तरीको खडक नगरपालिका ११ लालपुरकी १६ वर्षिया कमलाकुमारी रामको ज्यान गएको हो ।
नुहाउने क्रममा अचानक मोटरमा लिक भएको करेन्टको झट्का लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याई पु¥याएको प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार जिल्लाको बोदेबर्साइन नगरपालिका ३ वस्ने १८ वर्षिय राम नरेश यादवको आफ्नै घरको टेवल पंखामा करेन्ट लागेर मृत्यु भएको थियो ।
प्रहरीका अनुसार पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागी राजविराजस्थित छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेका थिए ।
विद्युतीय उपकरणको प्रयोग सावधानीपूर्वक नगर्दा गत आ.ब. २०७८÷७९ मा जिल्लामा १२ जनाको ज्यान गएको थियो । चालु आ.ब.को एक महिना ४ दिनमै करेन्ट लागेर ६ जनाले ज्यान गुमाइसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ