News Category 2079/05/05
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
हालै आएको बाढीले पीडित सप्तरी र छिमेकी जिल्ला उदयपृरका ४ सय परिवारलाई लायन्स इन्टरनेशनलले आईतवार खाद्यान्न, झुल, बाल्टिन, लत्ताकपडा, औषधी लगायतका राहत सामाग्री वितरण गरेको छ ।
दुई साता अघि पहाडी क्षेत्रमा भएको भारी वर्षाले सप्तकोशीमा आएको बाढीका कारण उदयपुरको वेलका तथा सप्तरीको सप्तकोशी र कंचनरुप नगरपालिकाको विभिन्न वडामा ठूलो धनमालको क्षति भएको थियो ।
बाढी प्रभावित क्षेत्र सप्तरीको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका तथा उदयपृरको वेलटार नगरपालिकाको पीडित ब्यक्तीको घरमै पुगेर लायन्स क्लब डिस्ट्रिक्ट ३२५ को टोलीले वितरण गरेको हो ।
लायन्स क्लब द्वितिय गर्वनर शंकर शारदाका अनुसार वेलका नगरपालिकाका बाढी प्रभावित ३ सय तथा सप्तकोशी र कंचनरुप नगरपालिकाका ५०÷५० गरी ४ सय परिवारलाई १२ लाख ६० हजार मुल्य बराबरको राहत सामाग्री वितरण गरिएको छ ।
प्रतिपरिवारलाई १५ किलो चामल, ३ किलो दाल, १ किलो खाने तेल, दुई किलो नुन, च्युरा ४ किलो, २ थान झुल, १÷१ थान बाल्टिन र जग, तन्ना एक थान, सुत्केरी महिलालाई साडी र नवजात शिशुलाई लत्ताकपडा र पौष्टिक आहार तथा औषधी लगायतका राहत सामाग्री वितरण गरिएको लायन्स क्लबका डिस्ट्रिक एडभाईजर मनोज सापकोटाले जानकारी दिए ।
लायन्स डिस्ट्रिक गर्वनर लायन डा.राजेन्द्र गिरी, प्रथम गर्वनर शिव कुमार कटुवाल, पुर्वगर्वनर शम्भु घिमिरे, मधुकर उपाध्याय, केन्द्रिय सेक्रेटरी केशर भण्डारी, डिजास्टर चिफ चक्र दहाल, क्लस्टर चिफ ज्ञानेन्द्र देव लगायतले पीडितहरुलाई उक्त राहत सामाग्री हस्ताण्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ