News Category 2079/05/05
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
सप्तकोशी नदीको किनारमा पटेर झारीमा तस्करीका लागि लुकाई राखेको २ सय ४० किलो गाजा सशस्त्र प्रहरी बल सप्तरीले बरामद गरेको छ ।
आईतवार विहान ४ बजेतिर गोप्य सुचनाका आधारमा कोशी ब्यारेजस्थित सुरक्षा वेश क्याम्प भारदहका प्रहरी निरिक्षक उमेश कुमार आलेको कमाण्डमा खटेको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ सप्तकोशी किनारको उक्त झारीमा लुकाई राखिएको २ सय ४० केजी अबैध गाँजा बरामद गरेको हो ।
९ वटा प्लास्टिकको बोरमा लुकाई राखिएको अवस्थामा फेला परेको उक्त अबैध गाजा आईतवार नै आवश्यक कारवाही प्रक्रियाका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको शसस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिएका छन् । उनले गाजा लु्काई राख्ने ब्यक्तिको खोजी कार्य जारी रहेको बताए ।
सप्तकोशी नदी गाजा तस्करीको सेन्टर प्वाइन्ट बन्न थालेको छ । यसअघि सशस्त्रले गाजा डुंगाको प्रयोग गरी भारततर्फ लैजाने गरेको सुचना प्राप्त गरेपछि अहिले त्यस क्षेत्रमा निगरानी कडा पारिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ