News Category 2079/05/05
नेता गिरीको शोक मनाउन काँग्रेसले झण्डा आधा झुकायो
दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
नेपाली काँग्रेस सप्तरीले आफ्ना नेता प्रदिप गिरीको निधनमा शोक मनाउन आईतवार पार्टी कार्यालयमा झुण्ड्याइएको झण्डा आधा झुकाएको छ ।
जिल्ला सभापती रामदेव साहको अध्यक्षतामा आइतवार वसेको आकस्मिक बैठकले स्व.नेता गिरी प्रति शोक र श्रद्धाञ्जली अपर्ण गर्न तीन दिन सम्म पार्टी कार्यालयमा आधा झण्डा झुकाउने र उनको तस्बिर तथा शोक पुस्तिका राख्ने निर्णय गरिएको जिल्ला सचिव सनत मण्डलले बताएका छन् ।
यस्तै श्रद्धाञ्जली बाहेकका अन्य कुनै कार्यक्रम हाल संचालन नहुने जनाइएको छ । स्व.गिरीलाई श्रद्धाञ्जली दिन उपसभापती रामकुमार यादव, क्षेत्रिय सभापती महानन्द यादव, तरुण दलका अनिल कुमार देव, युवा नेता प्रदिप सिह लगायत ठुलो संख्यामा काँग्रेसी नेता कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका थिए ।
काँगेसका नेता एवं समाजवादी चिन्तक गिरीको शनीवार राती ७५ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । उनको निधनले काँग्रेस स्तब्ध र मर्माहत भएको तथा मुलुकलाई अपुर्णिय क्षती भएको आईतवार नै जिल्ला सचिव मण्डलद्वारा जारी शोक वक्तब्यमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ