News Category 2079/05/05
नेता गिरीको शोक मनाउन काँग्रेसले झण्डा आधा झुकायो
दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
नेपाली काँग्रेस सप्तरीले आफ्ना नेता प्रदिप गिरीको निधनमा शोक मनाउन आईतवार पार्टी कार्यालयमा झुण्ड्याइएको झण्डा आधा झुकाएको छ ।
जिल्ला सभापती रामदेव साहको अध्यक्षतामा आइतवार वसेको आकस्मिक बैठकले स्व.नेता गिरी प्रति शोक र श्रद्धाञ्जली अपर्ण गर्न तीन दिन सम्म पार्टी कार्यालयमा आधा झण्डा झुकाउने र उनको तस्बिर तथा शोक पुस्तिका राख्ने निर्णय गरिएको जिल्ला सचिव सनत मण्डलले बताएका छन् ।
यस्तै श्रद्धाञ्जली बाहेकका अन्य कुनै कार्यक्रम हाल संचालन नहुने जनाइएको छ । स्व.गिरीलाई श्रद्धाञ्जली दिन उपसभापती रामकुमार यादव, क्षेत्रिय सभापती महानन्द यादव, तरुण दलका अनिल कुमार देव, युवा नेता प्रदिप सिह लगायत ठुलो संख्यामा काँग्रेसी नेता कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका थिए ।
काँगेसका नेता एवं समाजवादी चिन्तक गिरीको शनीवार राती ७५ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । उनको निधनले काँग्रेस स्तब्ध र मर्माहत भएको तथा मुलुकलाई अपुर्णिय क्षती भएको आईतवार नै जिल्ला सचिव मण्डलद्वारा जारी शोक वक्तब्यमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ