News Category 2079/05/06
हयासको टायर पड्किदा एक महिलाको मृत्यु, १३ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा नं. ६ नँया बस्ति बसन्तपुरस्थित सडकमा सोमबार हयास गाडीकोको टायर पड्किदा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । त्यस्तै सोही दुर्घटनामा १३ जना यात्रुहरु घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेको बा.५ख.२३१० नं. हायस गाडीको पछाडीको टायर अचानक पड्किदा अन्यन्त्रित भई दुर्घट्ना हुदाँ घाईते मध्येका झापाको कन्काई नगरपालिका ८ निवासी ५२ वर्षिया अमृका ओलीको मृत्यु भएको हो । घाइते ओलीलाई उपचारका लागि अस्पताल पु¥याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो दुर्घटनामा हयास चालक झापाको बिर्तामोड ४ निवासी ४३ वर्षिय दुर्गा बहादुर मगर, मोरङको गछिया ४ निवासी १९ वर्षिया सबिना राई, रौतहट निवासी २४ वर्षिय मनोज जैसवाल, भारतको दिल्ली निवासी ४६ वर्षिय ईमराम अहमद, सहचालक बिर्तामोड ४ निवासी २९ वर्षिय हिमाल प्रसाद, चितवनको रत्ननगर ९ का ४८ वर्षिय बिनोद प्रसाद शर्मा, मोरङको उर्लाबारी निवासी ४२ वर्षिया तारा बिक, झापाको दमक ३ निवासी २९ वर्षिय अशोक माझी, संखुवासभाको तयैनपुर १० बस्ने ३३ वर्षिय गोबिन्द भण्डारी, झापाको कन्काई ८ निवासी २९ वर्षिया बिछा ओली, झापाकै २४ वर्षिया अन्जना अधिकारी, २० वर्षिया सिर्जना अधिकारी र झापाकै कन्काई ४ निवासी ४६ वर्षिया सुस्मिता संग्रौला घाइते भएका छन् ।
उनीहरु सबैको उपचार भइरहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ