News Category 2079/05/06
हयासको टायर पड्किदा एक महिलाको मृत्यु, १३ जना घाइते
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा नं. ६ नँया बस्ति बसन्तपुरस्थित सडकमा सोमबार हयास गाडीकोको टायर पड्किदा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । त्यस्तै सोही दुर्घटनामा १३ जना यात्रुहरु घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेको बा.५ख.२३१० नं. हायस गाडीको पछाडीको टायर अचानक पड्किदा अन्यन्त्रित भई दुर्घट्ना हुदाँ घाईते मध्येका झापाको कन्काई नगरपालिका ८ निवासी ५२ वर्षिया अमृका ओलीको मृत्यु भएको हो । घाइते ओलीलाई उपचारका लागि अस्पताल पु¥याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो दुर्घटनामा हयास चालक झापाको बिर्तामोड ४ निवासी ४३ वर्षिय दुर्गा बहादुर मगर, मोरङको गछिया ४ निवासी १९ वर्षिया सबिना राई, रौतहट निवासी २४ वर्षिय मनोज जैसवाल, भारतको दिल्ली निवासी ४६ वर्षिय ईमराम अहमद, सहचालक बिर्तामोड ४ निवासी २९ वर्षिय हिमाल प्रसाद, चितवनको रत्ननगर ९ का ४८ वर्षिय बिनोद प्रसाद शर्मा, मोरङको उर्लाबारी निवासी ४२ वर्षिया तारा बिक, झापाको दमक ३ निवासी २९ वर्षिय अशोक माझी, संखुवासभाको तयैनपुर १० बस्ने ३३ वर्षिय गोबिन्द भण्डारी, झापाको कन्काई ८ निवासी २९ वर्षिया बिछा ओली, झापाकै २४ वर्षिया अन्जना अधिकारी, २० वर्षिया सिर्जना अधिकारी र झापाकै कन्काई ४ निवासी ४६ वर्षिया सुस्मिता संग्रौला घाइते भएका छन् ।
उनीहरु सबैको उपचार भइरहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ