News Category 2079/05/06
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश

दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
२०७४ सालको स्थानिय निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवार भई राजविराज नगरपालिकाको मेयरमा निर्वाचित शम्भुप्रसाद यादव सोमबार लोसपामा प्रवेश गरेका छन् ।
उनले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा टिकट नपाएपछि जनता समाजवादी पार्टी परित्याग गरि मनोनयन पत्र दर्ता गराउने दिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरि राजविराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।
सोमबार लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी नेकपा माओवादी केन्द्र परित्याग गरि लोसपामा प्रवेश गरे । उनीसँगै विभिन्न पार्टी परित्याग गरि चार सय जना लोसपा प्रवेश गरेको जिल्ला अध्यक्ष सुनिल झाले जानकारी दिएका छन् ।
पार्टी प्रवेशका अवसरमा उनले आफूले राजनीति सुरु गरेको पुरानै पार्टी रोजेर घर फर्किएको प्रतिक्रिया दिएका छन् ।
यस्तै प्रवेश गर्नेहरुमा राजविराज नगरपालिकाका निवर्तमान वडा अध्यक्ष माँगीलाल नाई र सुदर्शन सिंह पनि छन् । दुबै जना काँग्रेस पार्टी परित्याग गरि लोसपा रोजेका हुन् । यस्तै २०७४ को स्थानिय तहको निर्वाचनमा राजपाबाट निर्वाचित वडा अध्यक्ष शम्भु यादव (लाली) र शोभालाल मण्डल पनि लोसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी लगायतले अबिर र माला लगाई स्वागत गरे ।
२०७४ को स्थानिय तहको निर्वाचनमा राजपाबाट राजविराज नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार भई चुनाव जितेका यादव राजपा–संघीय समाजवादी फोरम एकिकृत भई गठन भएको जसपामा थिए । जसपामा विभाजन आई लोसपा बनेपछि उनी जसपा नै रोजेका थिए । तर पछिल्लो स्थानिय तहको निर्वाचनमा आफूलाई पुनः उम्मेदवार नबनाई अर्कैलाई टिकट दिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवसँग उनको दुरी बढेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ