News Category 2079/05/06
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
राजविराज नगरपालिका वडा नं. २ राजदेवी चौकमा आइतबार राती चोरले घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी गरी फरार भएका छन् ।
स्थानिय ७० वर्षिय श्याम देवलाई उनी सुतिरहेकै कोठामा चोरले थुनेर दुई वटा कोठाबाट लाखौंको धनमाल चोरेर फरार भएको प्रहरीले जनाएको छ ।
श्याम देवका कान्छा छोरा डा.विमलका अनुसार घरबाट करिब १०÷११ तोला सुनको गरगहना, १ किलो चाँदीका गरगहना, नगद २५ हजार साईकल १ थान र अन्य केही सरसमान चोरी भएको हो ।
उनका अनुसार बुवा श्यामदेव आईतवार राती करिब ११ बजे तीर खाना खाएर कोठामा एक्लै सुतेका थिए । परिवारका अन्य सदस्य सहित आफु पनि सोही दिन काम विषेशले बाहिर गएको चोरले सुईको पाएपछि सो घट्ना गरेको उनको भनाइ छ । चोरले बुवा सुतेको कोठमा बाहिरबाट चुकुल लगाई अन्य दुई कोठामा रहेको तीन वटा दराज र एउटा सन्दुक फुटाएर सो परिमाणको सम्पत्ती चोरी गरी लगेको उनले बताए ।
घट्नास्थलबाट १० मिटर मात्रको दुरीमा प्रहरीको विट रहेको छ । यस्तो अवस्थामा पनि चोरी हुनु अनौठो र आश्र्चयको विषय भएको उनको भनाइ छ ।
प्रहरी बिट नजिकैको घरमा चोरी भएपछि छरछिमेकका वासिन्दा समेत त्रसित छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले चोरी घट्नाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । उनले शंकास्पद २÷३ जनालाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको र छिट्टै चोर पत्ता लाग्ने दावी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ