News Category 2079/05/06
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
राजविराज नगरपालिका वडा नं. २ राजदेवी चौकमा आइतबार राती चोरले घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी गरी फरार भएका छन् ।
स्थानिय ७० वर्षिय श्याम देवलाई उनी सुतिरहेकै कोठामा चोरले थुनेर दुई वटा कोठाबाट लाखौंको धनमाल चोरेर फरार भएको प्रहरीले जनाएको छ ।
श्याम देवका कान्छा छोरा डा.विमलका अनुसार घरबाट करिब १०÷११ तोला सुनको गरगहना, १ किलो चाँदीका गरगहना, नगद २५ हजार साईकल १ थान र अन्य केही सरसमान चोरी भएको हो ।
उनका अनुसार बुवा श्यामदेव आईतवार राती करिब ११ बजे तीर खाना खाएर कोठामा एक्लै सुतेका थिए । परिवारका अन्य सदस्य सहित आफु पनि सोही दिन काम विषेशले बाहिर गएको चोरले सुईको पाएपछि सो घट्ना गरेको उनको भनाइ छ । चोरले बुवा सुतेको कोठमा बाहिरबाट चुकुल लगाई अन्य दुई कोठामा रहेको तीन वटा दराज र एउटा सन्दुक फुटाएर सो परिमाणको सम्पत्ती चोरी गरी लगेको उनले बताए ।
घट्नास्थलबाट १० मिटर मात्रको दुरीमा प्रहरीको विट रहेको छ । यस्तो अवस्थामा पनि चोरी हुनु अनौठो र आश्र्चयको विषय भएको उनको भनाइ छ ।
प्रहरी बिट नजिकैको घरमा चोरी भएपछि छरछिमेकका वासिन्दा समेत त्रसित छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले चोरी घट्नाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । उनले शंकास्पद २÷३ जनालाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको र छिट्टै चोर पत्ता लाग्ने दावी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ