News Category 2079/05/07
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार
दैनिक समाचारदाता
राजविराज, ७ भदौ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सहइन्चार्ज राजकुमार लेखी सप्तरी संसदीय निर्वाचन क्षेत्र नं. १ को क बाट प्रदेश सभा सदस्य पदका लागि पार्टी भित्रका सशक्त दाबेदारको रुपमा देखिएका छन् ।
उनी नेकपा एमालेमा आबद्ध भएपछि सक्रिय रुपमा पार्टीको गतिविधिमा होमिएका छन् । उनले दुई दर्जन विभिन्न मुलुकको भ्रमण समेत गरिसकेका छन् । यद्दपी उनलाई विदेश भ्रमण गरिरहने र डलरको खेती गर्ने नेताको रुपमा पनि चित्रण गर्ने गरिन्छ । एकताका उनी नेपाली, काँग्रेस, माओवादी र एमालेका वरिष्ठ नेताहरुको कटु आलोचक रुपमा समेत चिनिन्थे ।
आदिवासी जनजाती महासंघका पूर्वकेन्द्रिय अध्यक्ष समेत रहेका लेखी थारु कल्याणकारि सभाका महामन्त्रीमा रहेर लामो समयसम्म आदिवासी जनजातीको हकअधिकार लागि संघर्ष गर्दै आएका छन् ।
उनी सुरुमा नेकपा एमालेसँगै आवद्ध भएर राजनीतिमा सक्रिय भएका थिए । सप्तरीको सप्तकोशी नगरपालिकास्थित गंगाजली घर भएका लेखी थारु कल्याणकारिणी सभाको महामन्त्री हुनु अगावै नेकपा एमाले सप्तरी–काठमाडौं सम्पर्क मञ्चका एक कार्यकालका लागि सचिव हुँदै अर्को कार्यकालमा अध्यक्ष समेतको जिम्मेवारी निर्वाहा गरिसकेका छन् । उनी नेकपा एमालेकै जनवर्गिय संगठन तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय यूवा संघ नेपालको केन्द्रिय सम्पर्क विभाग र केन्द्रिय प्रचार विभागको सदस्य भएर समेत जिम्मेवारी पुरा गरि अनुभव बटुलिसकेका व्यक्तित्वमा समेत गनिन्छन् । उनी सोही पार्टीको जनवर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघको संस्थापक केन्द्रिय कमिटिको सदस्य समेत बने ।
त्यस्तै उनी नेकपा एमालेकै केन्द्रिय कमिटिको संघीय मामिला विभागको सदस्य र पार्टी केन्द्रिय कमिटिको केन्द्रिय सम्पर्क विभाग सदस्य भए । त्यसपछि उनी थारु कल्याणकारी सभाको केन्द्रिय महामन्त्री हुँदै नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय अध्यक्ष बन्न पुगे । आदिवासी जनजाति महासंघको पाँच वर्षे कार्यकाल कुशलतापूर्वक सकाएपछि उनी खुल्ला रुपमा राजनीतिमा सक्रिय भए ।
पछि आफ्नै नेतृत्वमा नागरिक समाजवादी पार्टी खोलेर राजनीतिमा पूर्ण रुपले उनी सक्रिय भए । त्यसपश्चात् नागरिक समाजवादी पार्टीबीच १० बुँदे सहमति गरि २०७४ सालमा ६ वटा मधेशवादी पार्टी मिलेर बनेको तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकीकरण गरेर सो पार्टीको महासचिव समेतको जिम्मेवारी उनले निर्वाह गरिसकेका छन् ।
सोही पार्टीबाट लेखी २०७४ सालमा सप्तरी संसदीय निर्वाचन क्षेत्र नं. १ को क बाट प्रदेशसभा सदस्यको उम्मेदवार पनि बने । सो निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार सत्यनारायण मण्डलसँग झिनो मतले पराजित भएका थिए । निर्वाचनमा पराजित भएपनि उनी राजनीतिमा झनै सक्रिय रुपमा लागे । उनले सो क्षेत्रका सम्पूर्ण मतदाताको घर घरमा पुगि चुनावी परिणामले हतास नभएको भन्दै मतदाताले गरेको सहयोगप्रति धन्यवाद दिए ।
तत्कालिन राजपा र संघीय समाजवादी फोरम एकीकरण भएपछि बनेको जनता समाजवादी पार्टी (जसपा) मा उनले महासचिवको जिम्मेवारी पाए । उनी २ नं. प्रदेश (हाल मधेश प्रदेश) को नीति आयोगको सदस्य समेत बने । तर उनी मधेशवादी पार्टी भित्र आन्तरिक लोकतन्त्र नभएको र सो पार्टी क्षेत्रिय पार्टीको रुपमा मात्र स्थापित हुन लागेको भन्दै उनले पार्टी परित्याग गरि नेकपा एमालेको १० औं महाधिवेशनबाट केन्द्रिय सदस्यको रुपमा निर्वाचित भएसँगै सप्तरीको सहइन्चार्ज जिम्मेवारी समेत पाएका छन् ।
हाल उनी नेकपा एमालेको सप्तरी जिल्लामा हुने कार्यक्रम तथा विभिन्न गोष्ठी, अन्तरक्रिया तथा पार्टीको प्रायजसो सबै गतिविधीमा सक्रिय रुपमा सहभागि हुँदै आएका छन् । उनी गत प्रदेशसभा निर्वाचनमा पराजित भएपनि व्यक्तिगत रुपमा विगत चार वर्षदेखी मतदातामाझ कुनै न कुनै रुपमा विभिन्न कार्यक्रम मार्फत जोडिरहे ।
उनी खुल्ला राजनीतिमा आउनु पूर्व काठमाडौंमै बसोवास गर्दै आएका थिए । तर, सक्रिय राजनीतिमा आएपछि अहिले उनी आफ्नो जन्मस्थल गंगाजलीमै बसेर एमालेको राजनीतिमा सक्रिय रुपमा होमिएका छन् । उनी विगतमा विभिन्न सामाजिक संघ संस्था र संचार माध्यममा संलग्न रहेर अनुभव बटुलेका राजनीतिकर्मी भित्र पर्छन् । लेखी हाल विभिन्न आधा दर्जन संघसंस्थामा आवद्ध समेत छन् ।
सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरेपछि लेखी चुनावी तयारीसँगै जनतामाझ सशक्त ढंगले सक्रिय भएका छन् । उनी अहिले पनि आदिवासी जनजातीको मुद्दालाई पार्टीको सिद्धान्तसँगै जोडर सम्बोधन गराउनेतर्फ जोडतोडले लागिपरेका छन् । कुशल राजनीतिक वक्ता र स्थानिय माझ लोकप्रिय नेताको रुपमा परिचित लेखी प्रदेशसभा निर्वाचनका लागि दोश्रो पटक चुनावी मैदानमा भिड्न लागेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ