News Category 2079/05/08
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बुधबार राजविराजस्थित नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको हाता भित्र पाँच कोठे विपद् व्यवस्थापन सामग्री भण्डार गृह भवनको उद्घाटन गरेका छन् ।
मधेश प्रदेश सरकार, विभिन्न स्थानीय तह र संघ–संस्थाको सहयोगमा निर्माण कार्य सम्पन्न भएपछी उक्त विपद् व्यवस्थापन सामग्री भण्डार गृह भवनको अर्थ मन्त्री साहले उद्घाटन गरे ।
एक कठ्ठा जग्गामा ६९ लाखको लागतमा निर्मित भण्डार गृहमा प्राकृतिक विपद्मा आवश्यक पर्ने सामग्री तथा विभिन्न संघसंस्था लगायतका दातृ संस्थाबाट प्राप्त हुने राहत सामग्री भण्डारण गरिने नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापती जोगेन्द्र भगतले बताए ।
उक्त भवनको उदघाटन गर्दै अर्थ मन्त्रि साहले रेडक्रस लगायत अन्य सबै सामाजिक संघ संस्थालाई प्रदेश सरकारले यथाशक्य सहयोग दिदै आएको र भविष्यमा समेत सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थालाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
एघार वर्ष अघि १०६८ सालमा नेपाल रेडक्रस सोसाईटीका तत्कालिन केन्द्रिय सभापती संजिव थापाले प्रस्तावित भण्डार गृह भवको शिलान्यास गरेका थिए । तर, आवश्यक रकमको अभावका कारण निर्माण कार्य अधि बढन नसकेपछी एक वर्ष अघि मात्र मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो संसदिय विकास कोषबाट २५ लाख र प्रदेश सभासदस्य मनिष सुमनले ८ लाखको सहयोग उपलब्ध गराएका थिए । यस्तै विष्णुपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी शाखाको अक्षयकोषबाट ५÷५ लाख, कोशी वेसिन कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस केन्द्रीय कार्यालयले ७ लाख, तिरहुत गाउँपालिकाले ४ लाख तथा रेडक्रस सोसाईटी शाखा सप्तरीले १५ लाखको सहयोग उपलब्ध गराएपछी निर्माण कार्य अघि बढेको हो ।
भवन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इशरत परविन, शम्भुनाथ नगरपालिकाका प्रमुख जीतेन्द्र गुप्ता, रेडक्रस सोसाइटी उपशाखा राजविराजका सभापती एंव प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले प्राकृतिक विपदको सामना गर्नूृ पुर्वतयारी स्वरुप नवनिर्मित भण्डार गृहले ठूलो मदत प¥याउने विश्वास ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ