News Category 2079/05/08
एक बालकसहित दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
सप्तरीको दुई छुट्टाछुटै घटनामा एक बालकसहित दुई जनाको ज्यान गएको छ ।
बुधबार दिउँसो पोखरीमा डुबेर हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी जितेन्द्र सीपलियाका ७ वर्षिय छोरा देबिलको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरमा कोही नभएको बेला घर नजिकैको आफ्नै पोखरीमा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको हो ।
यस्तै ६ दिन अघि टेम्पोको ठक्करबाट गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामाका ५५ वर्षिय रामविलास रायको बुधबार उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको छ ।
साइकलबाट घरतर्फ आउँदै गर्दा राजविराज–तिलाठी सडक खण्डमा प्रदेश–२–०१००१६–०९१८ नम्बरको टेम्पोले ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।
दुबै घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ