News Category 2079/05/09
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
अखाद्य बस्तुको प्रयोगले गर्दा विश्वभर वर्षेनी ६० करोड भन्दा बढी मानिसले अकालमै ज्यान गुमाउनु परेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको बिहीबार आयोजना तथा सप्तरी उद्योग बाणिज्य संघको सहआयोजनामा आयोजित उपभोक्ता तथा अन्य सरोकारवालाहरुसँगको खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
स्वास्थ्यलाई हानी हुनेगरी सडेगलेको, म्याद गुज्रेको तथा विषक्त अवस्थामा राखिएको खाद्य पदार्थको उपयोगले वर्षेनी ६० करोडले अकालमै ज्यान गुमाउने गरेको तथ्य विश्व स्वास्थ्य संगठनले पनि हालै सार्वजनिक गरिसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले बताए ।
कार्यक्रममा विश्व खाद्य संगठनको हवाला दिँदै प्रस्तुत प्रतिवेदनमा अखाद्य बस्तुको प्रयोगले विश्वभरिमा वर्षेनी ६० करोड, मासिक ४ लाख र दैनिक एक हजार २ सय जनाको दरले सर्वसाधारणले ज्यान गुमाई रहेको उल्लेख गरिएको छ ।
उनले भने “उपभोक्ताले सेवन गर्ने खाद्य पदार्थ कुन उपयुक्त÷कुन अनुपयुक्त छुट्टयाउन नसक्दा र सरसफाईको ध्यान नराख्दा यो भयावह स्थिति देखिएको हो, यसबाट जोगिन उपभोक्ता आफै पनि सचेत हुनु जुरुरी छ ।”
कार्यक्रममा खाद्य निरिक्षक राजिव बुढाथोकीले खाद्य स्वच्छता र खाद्य पोषण सम्बन्धी दुई घण्टे तालिम प्रदान गर्दै ज्ञान बाडेका थिए । उनले दुषित खाद्य पदार्थको परिभाषा स्पष्ट पार्दै यसको सेवनले हुने हानी नोक्सानी र यसबाट बच्ने उपायबारे सहभागिलाई तालिम प्रदान गरेका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा, उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेती, उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्तालगायतले खाद्य स्वच्छताका लागि अपनाउनु पर्ने सावधानी बारे आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ