News Category 2079/05/09
“डेट एक्सपायर” भइसकेका पार्टीबाट आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’
दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विगत ७० वर्षदेखी नेपालको सत्ताशासन चलाइरहेका पार्टीहरुको “डेट एक्सपायर” भइसकेको बताएका छन् । उनले भने “नेपाली काँग्रेस ७० वर्ष, कम्युनिष्ट पार्टी ३० वर्ष र मधेशवादी दल विगत १५ वर्षदेखी सत्तामा रहिरहँदा मुलुकमा भ्रष्टाचारका कारण खोक्रो भइसकेको छ ।”
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित जिरिया हाटमा बिहीबार जनमत पार्टीले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आमसभालाई सम्बोधन गर्दै डा. राउतले भने, “ती पार्टीहरुले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, संघीय गणतन्त्र ल्याइदिएकोमा धन्यवाद, अहिलेको युगमा जनमत बुलेट टे«न जस्तै पार्टी बन्न गइरहेको छ ।” उनले आफु नेतृत्वको पार्टीलाई ‘बुलेट ट्रेन‘ भन्दै यही ट्रेनले मुलुकलाई गन्तव्यमा पु¥याउने दाबी समेत गरे ।
“थोत्रा गाडीका रुपमा रहेका शासन गरिरहेका दलहरुलाई छाडेर आफुहरुलाई आगामी निर्वाचनमा साथ दिन जनतासँग आग्रह गर्दै उनले भने, विभिन्न राजनीतिक दलले मुलुकमा पालै पालो शासन गरेपनि जनताको अवस्था भने अझै विकराल बन्दै गएको छ ।” शासन गरिसकेका दलहरुबाट अब मुलुकले गति लिन नसक्ने दावीका साथ उनले भने, ‘थोत्रा गाडीबाट यात्रा सुनश्चित हुन सक्दैन, यी दलहरु त्यस्तै थोत्रा गाडी हुन ।‘
कसैले प्रजातन्त्रको नाममा, कसैले सर्वाहाराका नाममा अनि कसैले मधेशका नाममा अहिलेसम्म जनतालाई झुक्याएर शासन गरेपनि त्यो सबै झुठको पुलिन्दा रहेको बताउँदै उनले ‘राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नै खाद्यान्नमा आत्मनिर्भर रहेको मधेशमा अहिले अर्बोको धान भारतबाट ल्याउनुपर्ने अवस्था छ भने तिनको झुठको खेतीलाई कति दिन पत्याउने‘ भने ।
जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि यस अघिनै आफु उम्मेदवार हुने घोषणा गरिसकेको डा. राउतले पार्टीका नेता कार्यकर्तालाई संगठन निर्माण र चुनावको तयारीका लागि जनतामा जान निर्देशन समेत दिए ।
सप्तरी जिल्ला सचिव थानेश्वर साहद्वारा संचालित आमसभामा पार्टीका केन्द्रीय कोषाध्यक्ष ई. सुर्यनारायण यादव, तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष सत्तिश कुमार सिंह लगायतले पनि सभालाई सम्बोधन गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ